ताप्लेजुङ । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ ताप्लेजुङको अध्यक्षमा पुन: ज्ञान प्रसाद मिश्र चयन हुनु भएको छ ।
शनिबार सम्पन्न भएको सातौँ जिल्ला अधिवेशनबाट मिश्र अध्यक्षमा सर्वसम्मत चयन हुनु भएको हो । महासङ्घको उपाध्यक्षमा केशव प्रसाद भट्टराई, सचिवमा भेषराज पौडेल, कोषाध्यक्षमा बसन्त कुमार गुरुङ चयन हुनु भएको छ ।
सदस्यहरूमा इन्द्र बहादुर गुरुङ, दिनेश अधिकारी, दिनेश भट्टराई र यिगेन्द्र कुमार गुरुङ रहनु भएको छ । जिल्लाका विभिन्न पुस्तक व्यवसायीहरूको उपस्थितिमा आधिवेशन सम्पन्न भएको हो ।
प्रतिक्रिया