६ महिनामा ९१ हजार बढी तीर्थयात्रीले पाथीभराको दर्शन गरे



ताप्लेजुङ । चालु आर्थिक वर्षको पछिल्लो ६ महिनामा करिब ९१ हजार बढी तीर्थयात्रीले पाथीभराको दर्शन गरेका छन् । साउनदेखि पौष सम्ममा ९१ हजार ७ सय दर्शनार्थी पाथीभराको दर्शन गरेका हुन् । 

पाथिभरा क्षेत्र विकास समितिका अनुसार सबै भन्दाबढी कात्तिकमा ४९ हजार १ सय ६३ र सबैभन्दा कम साउनमा १ हजार २ सय २२ जना भक्तजन पाथिभरा आएका छन् । यस्तै भदौमा ५ हजार, असोजमा १० हजार ३ सय ४३, मङ्सिरमा २० हजार ४ सय १६ र पौष ५ हजार ६ सय ५५ जनाले मन्दिरको दर्शन गरेको समितिले सार्वजनिक गरेको विवरण उल्लेख छ । 

गत आर्थिक वर्षमा करिब २ लाख २० हजारले मन्दिर दर्शन गरेका थिए । उक्त दर्शनार्थीबाट हालसम्मकै धेरै भेटी ३ करोड बढी संकलन भएको थियो । पाथीभरामा रामनवमी, चैते दशै लगायतको समयमा दर्शनार्थीको घुँइचो लाग्ने गरेको छ । 

प्रकाशित मिति : 12:48 pm

दोभान अग्निपीडितलाई एमालेको चार लाख बढी सहयोग

ताप्लेजुङ, असोज १० गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ खाम्लुङस्थित दोभान

दोभानका अग्निपीडितलाई राहत र अस्थायी बासस्थानको माग

ताप्लेजुङ, असोज १० गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ खाम्लुङस्थित दोभान

देउवा समूहको महाधिवेशनका लागि ताप्लेजुङमा प्रतापप्रकाश हाङ्गामलाई खटाइयो

ताप्लेजुङ, असोज १० गते । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा

दोभानका अग्निपीडितलाई मेरिङदेन गाउँपालिद्धारा प्रारम्भिक राहत वितरण

ताप्लेजुङ, असोज १० गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ खाम्लुङस्थित दोभान

दोभानका अग्निपीडितलाई राहत

ताप्लेजुङ, असोज १० गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ खाम्लुङस्थित दोभान