६ महिनामा ९१ हजार बढी तीर्थयात्रीले पाथीभराको दर्शन गरे



ताप्लेजुङ । चालु आर्थिक वर्षको पछिल्लो ६ महिनामा करिब ९१ हजार बढी तीर्थयात्रीले पाथीभराको दर्शन गरेका छन् । साउनदेखि पौष सम्ममा ९१ हजार ७ सय दर्शनार्थी पाथीभराको दर्शन गरेका हुन् । 

पाथिभरा क्षेत्र विकास समितिका अनुसार सबै भन्दाबढी कात्तिकमा ४९ हजार १ सय ६३ र सबैभन्दा कम साउनमा १ हजार २ सय २२ जना भक्तजन पाथिभरा आएका छन् । यस्तै भदौमा ५ हजार, असोजमा १० हजार ३ सय ४३, मङ्सिरमा २० हजार ४ सय १६ र पौष ५ हजार ६ सय ५५ जनाले मन्दिरको दर्शन गरेको समितिले सार्वजनिक गरेको विवरण उल्लेख छ । 

गत आर्थिक वर्षमा करिब २ लाख २० हजारले मन्दिर दर्शन गरेका थिए । उक्त दर्शनार्थीबाट हालसम्मकै धेरै भेटी ३ करोड बढी संकलन भएको थियो । पाथीभरामा रामनवमी, चैते दशै लगायतको समयमा दर्शनार्थीको घुँइचो लाग्ने गरेको छ । 

प्रकाशित मिति : 12:48 pm

दोभानका आगलागी पीडितलाई ख्रीष्टियन समाजको तीन लाख ७६ हजार राहत

ताप्लेजुङ, कात्तिक २ गते । जिल्ला ख्रीष्टियन समाज ताप्लेजुङले दोभान

ताप्लेजुङमा तीन महिनामै एक करोड बढीको खाद्यान्न बिक्री

ताप्लेजुङ, असोज ३१ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले

फक्ताङलुङमा हिमाली बस्तीमै पुगेर पशु स्वास्थ्य सेवा

ताप्लेजुङ, असोज २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले भौगोलिक रूपमा

रास्वपाले ताप्लेजुङमा एक्सन टिम गठन गर्‍यो

ताप्लेजुङ असोज २७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङले

कञ्चनजङ्घामा पर्यटकको चहलपहल बढ्यो

ताप्लेजुङ, असोज २७ गते । ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो