कोशीमा १२ हजार ९३९ जना अपराधी फरार, ताप्लेजुङमा कति ?



चालु आर्थिक वर्षको पाँच महिनामा सबैभन्दा बढी २२६ जना फरार अपराधी मोरङ प्रहरीले पक्राउ गरेको छ । सोही अवधिमा झापाले ११५, सुनसरीले ५५, इलामले ३१, पाँचथरले १६, ताप्लेजुङले ५, धनकुटाले २१, तेह्रथुमले ७, भोजपुरले ४, सङ्खुवासभाले ५, उदयपुरले ८३, खोटाङले १३, ओखलढुङ्गाले ३ र सोलुखुम्बुले १५ जना पक्राउ गरेको हो ।

चालु आर्थिक वर्षमा प्रदेशमा ६५६ जना फरार अपराधी पक्राउ गर्दा ४ सय ९ वर्ष ८ दिन कैद सजाय भुक्तान गराएको छ भने ७१ करोड ९३ लाख ७ हजार ५४१ रुपैयाँ जरिमाना असुल गरेको छ । तर, कोशी प्रदेशमा अझै १२ हजार ९३९ जना अपराधी भने फरार छन् । फरार हुने हरूमा सबैभन्दा बढी मोरङमा छन् । मोरङमा ३ हजार ८५७, सुनसरी ३ हजार ५१०, झापामा २ हजार ७३३, इलाम ३८८, पाँचथर १९६, ताप्लेजुङ ३३१, धनकुटा २१४, तेह्रथुम १४४, सङ्खुवासभा १४६, भोजपुर १६८, उदयपुर ७१३, खोटाङ २११, ओखलढुङ्गा १३१ र सोलुखुम्बुमा १८९ जना फरार प्रतिवादी रहेका छन् ।

उनीहरुले विभिन्न अपराध गरेर फरार रहेका र अदालतबाट दोषी प्रमाणित भएकाहरू हुन् । उनीहरूको खोजी कार्य तीव्र बनाएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । पुराना, अधुरा गम्भीर प्रकृतिका अपराधको अनुसन्धान गरी घटनामा संलग्न प्रतिवादीहरू पक्राउ गरिने फरार प्रतिवादी पक्राउ अभियान प्रदेशमा सुरु गरिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी राजेशनाथ बास्तोलाले बताए । ‘अदालतको फैसला कार्यान्वयनलाई प्राथमिकतामा राखी फरार अपराधी पक्राउ अभियान सुरु गरिएको हो,’ उनले भने ।

अभियानका माध्यमबाट अपराध गरेर जति दिन लुकीछिपी बसे पनि तोकिएको कैद वा जरिवाना भुक्तान नगरी छुट्न सक्दैनन् भन्ने सन्देश पनि दिएको उनले बताए । ‘अपराध गरेपछि सजाय भुक्तान नगरी बचेर बस्न सकिँदैन भनेर समाजमा सन्देश दिन र यही सन्देशका माध्यमबाट समाजमा अपराधको न्यूनीकरण पनि गर्नका लागि सचेतना फैलने आशा गरिएको छ,’ डिआइजी बास्तोलाले भने ।

प्रदेशको समग्र शान्ति सुरक्षा कायम राखेर अपराधको रोकथाम, नियन्त्रण र अनुसन्धानमा प्रहरी परिचालन हुँदै कानुनप्रतिको आड भरोसा कायम राख्न र पीडितलाई न्यायको अनुभूति दिलाउन लागि परेको उनले बताए । ‘पीडक पक्षलाई कानुनबाट भाग्न वा बच्न सकिँदैन भन्ने डर पैदा गर्न सञ्चालित फरार अभियुक्त पक्राउ अभियानलाई मोरङ प्रहरीले प्राथमिकतामा राखी काम गर्दै आइरहेको छ,’ डिआइजी बास्तोलाले भने ।

यस्तै दुई वर्ष ५ महिनामा कोशी प्रदेशको १४ जिल्लाबाट प्रहरीले ३ हजार ७ सय ६० जना फरार प्रतिवादी पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरीले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७७–०७८ मा १ हजार ७३८ जना पक्राउ परेका छन् । यसै गरी आर्थिक वर्ष २०७८–०७९ मा १ हजार ४ सय ६६ जना पक्राउ परेका छन् भने चालू आर्थिक वर्ष २०८०–०८१ को मङ्सिर सम्म ६५६ जना पक्राउ परेको प्रदेश प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : 5:54 am

पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

ताप्लेजुङ, चैत १४ गते । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ

पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

ताप्लेजुङ, चैत १४ गते । पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

ताप्लेजुङ, चैत १३ गते । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र

सांसद थेबेले पहिलो महिनाको पारिश्रमिक आगेपा आधारभूत विद्यालयलाई प्रदान गर्ने

ताप्लेजुङ, चैत १३ गते । ताप्लेजुङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य क्षितिज

ताप्लेजुङ बज्रगुरु मन्त्रजपको पहिलो दिन १२ लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, चैत्र १३ गते । सातौँ ताप्लेजुङ बज्रगुरु मन्त्रजप कार्यक्रमको