ताप्लेजुङको मैवाखोलामा म्याद सकिएका सामान जफत गरी नष्ट



ताप्लेजुङ । जिल्ला अनुगमन समितिले शनिवार ताप्लेजुङको मैवाखोला गाउँपालिकामा रहेका बजार तथा पसलको अनुगमन गरी म्याद सकिएका सामान नष्ट गरेको छ ।

अनुगमनका क्रममा दर्ता तथा नविकरण नभएका पसलहरुलाई महिना भित्र बैधानिक प्रकृया पूरा गर्न समयावधि समेत दिइएको छ । घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङका प्रमुख युवराज घोर्साइले अधिकाँस पसलहरुमा मूल्य सूची राखेको नपाइएको,कसैको दर्ता तथा कसैको नविकरण नभएको,एउटा प्रकृतिको व्यवसाय दर्ता गरी थरीथरीका सामान बिक्री हुँदै आएको पाइएकोले महिना भित्र बैधानिक प्रकृया पूरा गर्न निर्देशन दिईएको बताउनुभयो ।

अनुगमन समितिले प्रयोगयोग्य म्याद हेरेर मात्र सामान खरिद गर्न उपभोक्तालाई समेत सचेत गराएको घोर्साइले जानकारी दिनुभयो । ताप्लेजुङमा अहिले जिल्ला अनुगमन समिति कार्यतालिका बनाएरै अनुगमनमा काममा सक्रिय हुँदै आएको जिल्ला अनुगमन समिति संयोजक एवम् सहायक प्रमुख जिल्ला अधिकारी टंकबहादुर भट्टराईले बताउनुभयो । उहाँले जिल्लाका अधिकाँस बजार तथा पसलहरुको नियमित अनुगमन गर्ने कार्यतालिका अनुसार सदरमुकाम बाहिरका पालिकाहरुमा समेत अनुगमन गर्नेलाई तीव्रता दिईएको जानकारी दिनुभयो ।

अनुगमन समितिले प्रचलित दररेटमा बिक्री भए नभएको,होटलहरुले न्यूनतम् व्यवसायिक मापदण्डको पालना गरे नगरेको बारे समेत अनुगमन गरिरहेको जनाएको छ । सदरमुकाम भित्रमा पसलहरुमा भने खाद्यान्न,पेयपदार्थ,मासु तथा माछाजन्य,तरकारी तथा सागसब्जी जन्य,किराना तथा अन्य पसलहरुको कार्यतालिका बनाएर अनुगमन भइरहेको समेत सहायक प्रजिअ भट्टराईले बताउनुभयो ।

स्वास्थ्य कार्यालयको संयोजनमा निजी अस्पताल तथा मेडिकल हलहरुको समेत अनुगमन हुँदै आएको अनुगमन समितिले जनाएको छ । मौसमी रुपमा गरिने अनुगमनको अन्त्यका लागि सम्वन्धित स्थानीय तहसंग समेत सहकार्य गरेर नियमित र प्रभावकारी अनुगमन गर्ने नीति लिएको र सोहि अनुसार अनुगमन कार्यदल सक्रिय भइरहेको घरेलु कार्यालय ताप्लेजुङका प्रमुख घोर्साइ बताउँनुहुन्छ ।

अनुगमन पछि अनुगमन संयन्त्रले समिक्षा गर्ने गरेको र सोहि अनुसार अनुगमनलाई प्रभावकारी बनाउने योजना समेत तय गर्ने जिल्ला अनुगमन समितिले बताएको छ ।eujyalopost.com

प्रकाशित मिति : 1:14 pm

साउदीको रियादमा १०औँ सगरमाथा गोल्डकप आयोजना हुँदै

काठमाडौँ । साउदी अरबको राजधानी रियाद मा १०औँ संस्करणको ‘सगरमाथा

ताप्लेजुङको आवाज बन्ने छु : क्षितिज थेबे

ताप्लेजुङ, फागुन ४ गते । आगामी फागुन २१ गते हुने

डिजिटल वक्तृत्वकलामा विद्वता पोखरेल प्रथम

ताप्लेजुङ, फागुन २ गते । ताप्लेजुङको पाथिभरा बहुमुखी क्याम्पसमा सञ्चालन

पाथीभरामा १८ लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, फागुन १ गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ)

कार्यसम्पादनमा सिरिजङ्घा प्रथम

ताप्लेजुङ, फागुन १ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका स्थानीय तहका