पाथीभरामा संकलन भएको सुन तथा चाँदीको रिफाइन



ताप्लेजुङ । प्रसिद्ध तीर्थस्थल पाथीभरामा संकलन भएको सुन तथा चाँदी रिफाइन गरिएको छ । दर्शनार्थीले चढाएको करिब १५ महिना अगाडिदेखि भण्डारण भएको सुन रिफाइन गरिएको हो । 

१५ महिनाको अवधिमा करिब ९८ तोला सुन दर्शनार्थीले मन्दिरमा चढाएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिनुभयो । 

त्यस्तै कार्यकारी निर्देशक हाङबाङका अनुसार बि.सं. २०७६ सालदेखि भण्डारण गरिएको करिब ९२ किलोग्राम चाँदीलाई समेत रिफाइन गर्न सुरु गरिएको हो । रिफाइन जिम्मा ताप्लेजुङमा सञ्चालित ज्वेलर्सहरुको संस्था पाथीभरा सुनचाँदी कला व्यवसायी संघले लिएको छ । 

आज रिफाइन गरिएको सुन करिब ८८ तोला र चाँदी ६२ किलोग्राम रहने संघले अनुमान गरेको छ । संकलित सुन तथा चाँदीको रिफाइन गरी बजारभाउ अनुसार बिक्री गर्ने क्षेत्र विकासको तयारी रहेको छ । 

क्षेत्र विकास समितिसँग यसअघि नै रिफाइन गरेको करिब ८६ तोला सुन रहेको छ ।  सुन रिफाइनको काम आज नै सकिदैछ भने चाँदी रिफाइन गर्न करिब अझै ३ दिन लाग्ने संघले जनाएको छ । 

संघले ज्याला स्वरुप रिफाइन गरिएको सुनको १ प्रतिशत र चाँदीको ८ प्रतिशत बराबरको रकम लिने गरी सहमति भएको कार्यकारी निर्देशक हाङबाङले जानकारी दिनुभयो ।

प्रकाशित मिति : 12:51 pm

स्थापना दिवसमा याःलाङ (फोटो फिचर) 

ताप्लेजुङ, भदौ २१ गते । किराँत याक्थुङ चुम्लुङको ३८ औँ

प्रेस युनियन ताप्लेजुङको अध्यक्षमा फुरुम्बो

ताप्लेजुङ, भदौ २१ गते । नेपाल प्रेस युनियन ताप्लेजुङको अध्यक्षमा

ताप्लेजुङ गोल्डकपको भाग्यमानी दर्शक विशाल लिम्बू 

ताप्लेजुङ, भदौ २० गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाका विशाल लिम्बू

ताप्लेजुङ गोल्डकपको उपाधि सलहेशलाई

ताप्लेजुङ, भदौ १९ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप

ताप्लेजुङ गोल्डकप : उपाधिका लागि सलहेश र पाँचथरको प्रतिस्पर्धा

ताप्लेजुङ, भदौ १८ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप