पाथीभरामा संकलन भएको सुन तथा चाँदीको रिफाइन



ताप्लेजुङ । प्रसिद्ध तीर्थस्थल पाथीभरामा संकलन भएको सुन तथा चाँदी रिफाइन गरिएको छ । दर्शनार्थीले चढाएको करिब १५ महिना अगाडिदेखि भण्डारण भएको सुन रिफाइन गरिएको हो । 

१५ महिनाको अवधिमा करिब ९८ तोला सुन दर्शनार्थीले मन्दिरमा चढाएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिनुभयो । 

त्यस्तै कार्यकारी निर्देशक हाङबाङका अनुसार बि.सं. २०७६ सालदेखि भण्डारण गरिएको करिब ९२ किलोग्राम चाँदीलाई समेत रिफाइन गर्न सुरु गरिएको हो । रिफाइन जिम्मा ताप्लेजुङमा सञ्चालित ज्वेलर्सहरुको संस्था पाथीभरा सुनचाँदी कला व्यवसायी संघले लिएको छ । 

आज रिफाइन गरिएको सुन करिब ८८ तोला र चाँदी ६२ किलोग्राम रहने संघले अनुमान गरेको छ । संकलित सुन तथा चाँदीको रिफाइन गरी बजारभाउ अनुसार बिक्री गर्ने क्षेत्र विकासको तयारी रहेको छ । 

क्षेत्र विकास समितिसँग यसअघि नै रिफाइन गरेको करिब ८६ तोला सुन रहेको छ ।  सुन रिफाइनको काम आज नै सकिदैछ भने चाँदी रिफाइन गर्न करिब अझै ३ दिन लाग्ने संघले जनाएको छ । 

संघले ज्याला स्वरुप रिफाइन गरिएको सुनको १ प्रतिशत र चाँदीको ८ प्रतिशत बराबरको रकम लिने गरी सहमति भएको कार्यकारी निर्देशक हाङबाङले जानकारी दिनुभयो ।

प्रकाशित मिति : 12:51 pm

आगामी माघ २५ गतेदेखि नाल्बुमा पुरुष तथा महिला फुटबल प्रतियोगिता सञ्चालन हुने 

ताप्लेजुङ, माघ १० गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–६ नाल्बुमा पुरुष

आठराई त्रिवेणी गाउँपालिकाको नवनिर्मित भवनबाट सेवा सुचारु

ताप्लेजुङ, माघ १० गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले नवनिर्मित

प्रथम लिङ्तेप गोल्डकप : आयोजक र मानाभारा भिड्दै 

ताप्लेजुङ, पुस १० गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–४ लिड्तेपमा जारी

प्रथम शहिद कप माघ १६ गतेदेखी हुने

ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा प्रथम सहिद कप हुने भएको

वरकदेन गोल्ड कपको उपाधि हाङपाङलाई 

ताप्लेजुङ, माघ ८ गते । तेस्रो वरकदेन गोल्ड कपको उपाधि