कार्यकर्ता रिहाइसँगै मेची राजमार्ग बन्द फिर्ता




रेडियो काबेली

ताप्लेजुङ । कार्यकर्ता रिहाई हुने निश्चित भएसँगै प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिले आह्वान गरेको मेचिराज मार्ग बन्द फिर्ता लिएको छ ।


संघर्ष समितिले बिहीबार अपराह्नदेखि मेची राजमार्गमा गरेको यातायात बन्द फिर्ता लिएको हो । ईलाममा प्रहरीद्वारा पक्राउ गरिएका कार्यकर्ता बुलेट किराँती (आन्जेस राई) को बिनासर्त रिहाइ गर्नुपर्ने माग राखेर संघर्ष समितिले बुधबार र बिहीबार दुई दिन मेची राजमार्ग बन्दको आह्वान गरेको थियो ।


पक्राउ परेका राईको रिहाइ हुने भएपछि समितिले विज्ञप्ति जारी गर्दै यातायात फिर्ता लिएको जनाएको छ । विज्ञप्तिअनुसार बिहीबार दिउँसो २ बजेदेखि यातायात बन्द फिर्ता लिएको उल्लेख गरिएको छ ।


यता समितिले आह्वान गरेको बन्दका कारण ताप्लेजुङसहित पाँचथर, इलाम र झापा जिल्लाअन्तर्गत मेची राजमार्गमा बुधबारदेखि यातायात ठप्प भएको थियो । यातायात ठप्प हुँदा यात्रुले यात्रा गर्न पाएका थिएनन् ।

प्रकाशित मिति : 1:07 pm

फक्ताङलुङमा हिमाली बस्तीमै पुगेर पशु स्वास्थ्य सेवा

ताप्लेजुङ, असोज २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले भौगोलिक रूपमा

रास्वपाले ताप्लेजुङमा एक्सन टिम गठन गर्‍यो

ताप्लेजुङ असोज २७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङले

कञ्चनजङ्घामा पर्यटकको चहलपहल बढ्यो

ताप्लेजुङ, असोज २७ गते । ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो

पभोग्य वस्तुमा कृत्रिम अभाव र मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

ताप्लेजुङ, असोज २६ गते । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले चाडपर्वलाई