ताप्लेजुङमा मानवअधिकार उल्लंघनका ४८ घटना, सबैभन्दा बढी घरेलु हिंसा



ताप्लेजुङ । ताप्लेजुङमा एकवर्षको अवधिमा मानवअधिकार उल्लंघनका ४८ वटा घटना भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रतिनिधि एलिना दियालीका अनुसार एकवर्षको अवधि अर्थात सन् २०२३ भित्र उक्त सङ्ख्यामा मानवअधिकार उल्लंघनका घटना भएका हुन् ।

इन्सेक प्रतिनिधि दियालीले सोमबार मानवअधिकार वर्षपुस्तक वार्षिक समीक्षा कार्यक्रम आयोजना गर्दै मानवअधिकार उल्लंघनसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको हो । प्रस्तुत प्रतिवेदनअनुसार सबैभन्दा बढी घरेलु हिंसासम्बन्धीका १८ वटा रहेका छन् । त्यसपछि करणी तथा यौनजन्य घटना १२ वटा इन्सेक प्रतिनिधि दियालीले जानकारी दिनुभयो ।

मानवअधिकार उल्लंघनका अन्य घटनामा मानव हत्या, अभद्र व्यवहार, कुटपिट, गालीगलौज, बहुविवाह, भौतिक संरचना क्षतिजस्ता रहेका छन् । घटनाबाट महिला, पुरुष र बालबालिका गरी ४९ जना पीडित भएका पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यता समीक्षा कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी टंकबहादुर भट्टराई, ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक राजन लिम्बू, विभिन्न राजनीतिक दलका नेतृत्व तथा प्रतिनिधिले प्रतिवेदनमाथि टीका–टिप्पणी गर्दै आ–आफ्नो धारण राख्नुभएको थियो ।

उहाँहरुले कतिपय छुट्न पुगेका घटनाहरुको अभिलेख राख्न र केही सुधार गर्नुपर्ने विषयलाई सच्याउन इन्सेक प्रतिनिधिलाई सुझाव दिनुभएको छ ।

प्रकाशित मिति : 12:33 pm

बहानन्दे–मित्लुङ–लेलेप सडकखण्ड अवरुद्ध

ताप्लेजुङ, असोज ९ गते । लगातारको वर्षाका कारण ताप्लेजुङको तमोर

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–दोभान क्षेत्रमा सडक अवरुद्ध

ताप्लेजुङ असोज ९ गते । निरन्तरको वर्षाका कारण ताप्लेजुङको आठराई

कांग्रेस ताप्लेजुङका नौ पालिकामा नेतृत्व चयन, दुईमा निर्वाचन

ताप्लेजुङ, असोज ९ गते । नेपाली काँग्रेस ताप्लेजुङले जिल्लाका नौवटै

दोभान बजार आगलागी : आमा छोरा घाइते

ताप्लेजुङ असोज ९ गते । ताप्लेजुङको दोभान बजारमा बिहीबार दिउँसो