ताप्लेजुङमा मानवअधिकार उल्लंघनका ४८ घटना, सबैभन्दा बढी घरेलु हिंसा



ताप्लेजुङ । ताप्लेजुङमा एकवर्षको अवधिमा मानवअधिकार उल्लंघनका ४८ वटा घटना भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रतिनिधि एलिना दियालीका अनुसार एकवर्षको अवधि अर्थात सन् २०२३ भित्र उक्त सङ्ख्यामा मानवअधिकार उल्लंघनका घटना भएका हुन् ।

इन्सेक प्रतिनिधि दियालीले सोमबार मानवअधिकार वर्षपुस्तक वार्षिक समीक्षा कार्यक्रम आयोजना गर्दै मानवअधिकार उल्लंघनसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको हो । प्रस्तुत प्रतिवेदनअनुसार सबैभन्दा बढी घरेलु हिंसासम्बन्धीका १८ वटा रहेका छन् । त्यसपछि करणी तथा यौनजन्य घटना १२ वटा इन्सेक प्रतिनिधि दियालीले जानकारी दिनुभयो ।

मानवअधिकार उल्लंघनका अन्य घटनामा मानव हत्या, अभद्र व्यवहार, कुटपिट, गालीगलौज, बहुविवाह, भौतिक संरचना क्षतिजस्ता रहेका छन् । घटनाबाट महिला, पुरुष र बालबालिका गरी ४९ जना पीडित भएका पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यता समीक्षा कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी टंकबहादुर भट्टराई, ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक राजन लिम्बू, विभिन्न राजनीतिक दलका नेतृत्व तथा प्रतिनिधिले प्रतिवेदनमाथि टीका–टिप्पणी गर्दै आ–आफ्नो धारण राख्नुभएको थियो ।

उहाँहरुले कतिपय छुट्न पुगेका घटनाहरुको अभिलेख राख्न र केही सुधार गर्नुपर्ने विषयलाई सच्याउन इन्सेक प्रतिनिधिलाई सुझाव दिनुभएको छ ।

प्रकाशित मिति : 12:33 pm

अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमको जिल्ला स्तरीय प्रगति समिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङमा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमको जिल्ला

तीन सातादेखि ठप्प रहेको तमोर जलविद्युतको उत्पादन सुरु

ताप्लेजुङ, पुस २० गते । सानिमा मिडल तमोर हाइड्रोपावरको विद्युत

प्रथम मानाभारा गोल्डकपको उपाधि माछापोखरीलाई 

ताप्लेजुङ, पुष २० गते । प्रथम मानाभारा गोल्डकपको उपाधि माछापोखरी

षड्यन्त्रमा देश फसेको छ : छितिज थेबे 

ताप्लेजुङ, पुस २० गते । नेकपा एमालेका केन्द्रीय सदस्य तथा

स्थायित्व र विश्वासिलो लोकतन्त्रका लागि यो निर्वाचन माइलस्टोन : योगेश भट्टराई

ताप्लेजुङ, पुस २० गते । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले