भोलिबाट सुरु हुने कञ्चनजंघा सेसेलुङ गोल्डकपको सबै तयारी पूरा



ताप्लेजुङ । चासोक तङ्नाम पर्वको अवसरमा बुधवारबाट सुरु हुने आमन्त्रित प्रथम कञ्चनजंघा सेसेलुङ गोल्डकपको सबै तयारी पूरा भएको छ । प्रतियोगिता स्थल भानु जन मा.वि. अम्विटारको खेल मैदानमा अस्थायी प्याराफिट निर्माण गरिएको र अन्य सबै व्यवस्थापनका कार्य पूरा भएको खेल संयोजक चन्द्र थेबेले जानकारी दिनुभयो । भोलिदेखि पौष ११ गते सञ्चालन हुने प्रतियोगितामा ८ टिमको सहभागिता रहने आयोजक कञ्चनजंघा फुङलिङ क्लवले जनाएको छ ।

सगरमाथा युथ क्लब मोरङ, बी.टि.फुटबल क्लब तेह्रथुम,जलथल फुटबल क्लब झापा, पाँचथर फुटबल क्लब पाँचथर, आठराई गाउँपालिका तेह्रथुम, रारा फुटबल क्लब धनकुटा र चक्रघट्टी फुटबल क्लब सुनसरीको सहभागिता रहनेछ ।
त्यस्तै ताप्लेजुङ जिल्लाको प्रतिनिधित्व गर्दै कञ्चनजंघा फुङलिङ क्लबले खेलमा प्रतिस्पर्धा गर्ने भएको छ । प्रतियोगिताको विजेताले नगद ३ लाख २ हजार ८० र उपविजेताले १ लाख ५१ हजार ८० रुपैयाँ सहित ट्रफी, मेडल, प्रमाणपत्र प्राप्त गर्ने चासोक तङनाम सञ्चालक समितिले जनाएको छ । त्यस्तै लिम्बू समुदायमा आधारित मौलिक नृत्यहरू च्याब्रुङ नाच, धान नाच, छेलो, धनुषकाँड,हाक्पारे, ख्याली सहितका प्रतियोगिता हुने भएका छन् । च्याब्रुङतर्फ नाच तर्फको प्रथमले ५० हजार, द्वितीयले ४० हजार र तृतीयले ३० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने भएका छन् । त्यस्तै धान नाचतर्फ प्रथमलाई हुनेले १५ हजार, द्धितियलाई १० हजार र तृतीय हुनेलाई ५ हजार प्रदान गरिने भएको छ ।

स्थानीय तथा राष्ट्रिय कलाकारको साथमा साङ्गतिक तथा सांस्कृतिक कार्यक्रम समेत हुने भएको छ । चासोक तङनाम सञ्चालक समिति र ङावोरक सङजुम्भो फुङलेङले कार्यक्रमको संयोजन समन्वय गरेका छन् । प्रतियोगिता सम्पन्न गर्न करिव ५६ लाख रुपैयाँ खर्च हुने आयोजक संस्थाका अध्यक्ष अशोक थेबेले जानकारी दिनुभयो । प्रतियोगिताको सेमीफाईनल अघिका सबै खेलको प्रवेश शुल्क जनही एकसय रुपैयाँ निर्धारण गरिएको समेत आयोजक संस्थाले बताएको छ ।

प्रकाशित मिति : ३ पुष २०८०, मंगलवार १३:३२

जिल्ला स्तरीय लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल गठन

रेडियो काबेलीताप्लेजुङ । जिल्ला स्तरीय लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल गठन

केबलकार विवादः निर्माण क्षेत्रको बाँकी रुख कटान, आन्दोलनरत समूहद्वारा सरकारले अन्याय गरेको गुनासो

रेडियो काबेलीताप्लेजुङ । पाथीभरा क्षेत्रमा निर्माणाधीन केबलकारको निर्माण क्षेत्रको बाँकी

फक्ताङलु गाउँपालिकाले दियो सार्वजनिक बिदा

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलु गाउँपालिकाले विहीबार सार्वजनिक बिदा दिएको छ

पाथीभरा मन्दिरको भेटि माघ महिनामा १० लाख बढि गणना

ताप्लेजुङ । पाथीभरा क्षेत्र विकास समितिले माघ महिनामा गणना गरिएका

सुनको मूल्य दुई हजार सात सयले घट्यो

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा २ हजार