भोलिबाट सुरु हुने कञ्चनजंघा सेसेलुङ गोल्डकपको सबै तयारी पूरा



ताप्लेजुङ । चासोक तङ्नाम पर्वको अवसरमा बुधवारबाट सुरु हुने आमन्त्रित प्रथम कञ्चनजंघा सेसेलुङ गोल्डकपको सबै तयारी पूरा भएको छ । प्रतियोगिता स्थल भानु जन मा.वि. अम्विटारको खेल मैदानमा अस्थायी प्याराफिट निर्माण गरिएको र अन्य सबै व्यवस्थापनका कार्य पूरा भएको खेल संयोजक चन्द्र थेबेले जानकारी दिनुभयो । भोलिदेखि पौष ११ गते सञ्चालन हुने प्रतियोगितामा ८ टिमको सहभागिता रहने आयोजक कञ्चनजंघा फुङलिङ क्लवले जनाएको छ ।

सगरमाथा युथ क्लब मोरङ, बी.टि.फुटबल क्लब तेह्रथुम,जलथल फुटबल क्लब झापा, पाँचथर फुटबल क्लब पाँचथर, आठराई गाउँपालिका तेह्रथुम, रारा फुटबल क्लब धनकुटा र चक्रघट्टी फुटबल क्लब सुनसरीको सहभागिता रहनेछ ।
त्यस्तै ताप्लेजुङ जिल्लाको प्रतिनिधित्व गर्दै कञ्चनजंघा फुङलिङ क्लबले खेलमा प्रतिस्पर्धा गर्ने भएको छ । प्रतियोगिताको विजेताले नगद ३ लाख २ हजार ८० र उपविजेताले १ लाख ५१ हजार ८० रुपैयाँ सहित ट्रफी, मेडल, प्रमाणपत्र प्राप्त गर्ने चासोक तङनाम सञ्चालक समितिले जनाएको छ । त्यस्तै लिम्बू समुदायमा आधारित मौलिक नृत्यहरू च्याब्रुङ नाच, धान नाच, छेलो, धनुषकाँड,हाक्पारे, ख्याली सहितका प्रतियोगिता हुने भएका छन् । च्याब्रुङतर्फ नाच तर्फको प्रथमले ५० हजार, द्वितीयले ४० हजार र तृतीयले ३० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने भएका छन् । त्यस्तै धान नाचतर्फ प्रथमलाई हुनेले १५ हजार, द्धितियलाई १० हजार र तृतीय हुनेलाई ५ हजार प्रदान गरिने भएको छ ।

स्थानीय तथा राष्ट्रिय कलाकारको साथमा साङ्गतिक तथा सांस्कृतिक कार्यक्रम समेत हुने भएको छ । चासोक तङनाम सञ्चालक समिति र ङावोरक सङजुम्भो फुङलेङले कार्यक्रमको संयोजन समन्वय गरेका छन् । प्रतियोगिता सम्पन्न गर्न करिव ५६ लाख रुपैयाँ खर्च हुने आयोजक संस्थाका अध्यक्ष अशोक थेबेले जानकारी दिनुभयो । प्रतियोगिताको सेमीफाईनल अघिका सबै खेलको प्रवेश शुल्क जनही एकसय रुपैयाँ निर्धारण गरिएको समेत आयोजक संस्थाले बताएको छ ।

प्रकाशित मिति : 1:32 pm

फुङलिङमा सुर्तिजन्य पदार्थ र मदिराका विज्ञापन बोर्ड हटाइँदै

ताप्लेजुङ, जेठ १८ गते । ताप्लेजुङ सदरमुकाम फुङलिङमा सुर्तिजन्य पदार्थ

दोस्रो कञ्चनजङ्घा साहसिक म्यारथनको उपाधि राईलाई

ताप्लेजुङ, जेठ १८ गते । दोस्रो कञ्चनजङ्घा साहसिक म्यारथन प्रतियोगिताको

रास्वपा ताप्लेजुङको संगठन विस्तार तीव्र, फुङलिङ नगर सभापतिमा युवराज बराल

ताप्लेजुङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेपालले आसन्न महाधिवेशनलाई लक्षित

शान्ति सुरक्षा थप सुदृढ बनाइने डिएसपी जोशीको भनाई

ताप्लेजुङ, जेठ १५ गते । ताप्लेजुङका नयाँ प्रहरी प्रमुख (डिएसपी)

ताप्लेजुङमा गरियो नमुना विपद् अभ्यास प्रदर्शन

ताप्लेजुङ, जेठ १५ गते । ताप्लेजुङमा नमुना विपद् अभ्यास प्रदर्शन