चासोक तङ्नाम पर्वको अवसरमा भोली देखि ताप्लेजुङमा आमन्त्रित ‘प्रथम कञ्चजंघा सेसेलुङ गोल्ड कप’ हुने



रेडियो काबेली । भोली देखि ताप्लेजुङको फुङलिङमा चासोक तङ्नाम पर्वको अवसरमा आमन्त्रित प्रथम कञ्चजंघा सेसेलुङ गोल्ड कप हुने सुरु हुने भएको छ । भोली देखि ११ गते सम्म भानु जन माध्यमिक विद्यालयको प्राङ्गणमा खेल सञ्चालन हुने भएको हो ।

गोल्ड कपमा ८ टिमले सहभागिता जनाउने खेल संयोजक चन्द्र थेवेले बताउँनु भयो । जसमा सगरमाथा युथ क्लब मोरङ, बी।टि। फुटबल क्लब तेह्रथुम, जलथल फुटबल क्लब झापा, पाँचथर फुटबल क्लब पाँचथर, आठराई गाउँपालिका तेह्रथुम, रारा फुटबल क्लब धनकुटा, चक्रघट्टी फुटबल क्लब सुनसरीले सहभागिता जनाउने छन् ।

त्यस्तै जिल्लाको प्रतिनिधित्व गर्दै कञ्चनजंघा फुङलिङ क्लबले खेलमा प्रतिस्पर्धा गर्ने भएको छ । प्रतियोगिताको विजेताले नगद ३ लाख २ हजार ८० र उपविजेताले १ लाख ५१ हजार ८० रुपैँया सहित ट्रफि, मेडल, प्रमाण पत्र प्राप्त गर्ने चासोक तङनाम सञ्चालक समितिले जनाएको छ ।

यस्तै लिम्बु समुदायमा आधारित मौलिक नृत्यहरू च्याब्रुङ नाच, धान नाच, छेलो, धनुकाँड, हाक्पारे, ख्याली, तथा राष्ट्रिय कलाकारको साथमा वृहत साङ्गतिक, सांस्कृतिक कार्यक्रम समेत हुदैछ । च्याब्रुङ नाच तर्फको प्रथमले ५० हजार, द्वीतियले ४० हजार र तृतीयले ३० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

धान नाच तर्फ प्रथमलाई हुनेले १५ हजार, द्धितियलाई १० हजार र तृतीय हुनेलाई ५ हजार प्रदान गरिने बताइएको छ । भोली लिट्ल बुद्ध ईङलिस बोडिङ स्कुलमा अन्तर मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता सञ्चालन गरिने भएको छ । वक्तृत्वकला चासोक तङ्नाम विषयकमा केन्द्रित भएर प्रतियोगीलाई सहभागिता जनाउन आह्वान गरिएको छ ।

कञ्चनजंघा फुङलिङ क्लब ताप्लेजुङको आयोजनामा सञ्चालन हुन लागेको प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रममा चासोक तङनाम सञ्चालक समिति र ङा वोरक सङजुम्भो फुङलेङले समन्वय गर्ने भएको हो ।

प्रकाशित मिति : 1:25 am

पाथीभरा मन्दिरको प्रसाद मागबमोजिम हुलाकमार्फत ढुवानी गरिने

सौगात विष्टताप्लेजुङ, साउन २२ गते । जिल्ला हुलाक कार्यालय, ताप्लेजुङ

मैवाखोलामा ५४ फिटको ‘सिलाम साक्मा’ प्रतिमा, लिम्बू संस्कृतिको संरक्षणमा नयाँ पहल

ताप्लेजुङ, साउन २२ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले लिम्बू समुदायको

मैवाखोलाले विपन्न नागरिकको स्वास्थ्य बीमा गरिदिने

ताप्लेजुङ, साउन २१ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले आर्थिक रूपमा

ताप्लेजुङमा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न

ताप्लेजुङ, साउन २१ गते । अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमको

पालिका अध्यक्षको पारिश्रमिक अभिभावकविहीन बालबालिकालाई

ताप्लेजुङ, साउन २१ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन