‘ऐतिहासिक’ पुसे मेलाका लागि मिक्वाखोला गाउँपालिकाले दुई दिन स्थानीय बिदा दियो



रेडियो काबेली

ताप्लेजुङ । ताप्लेजुङको दोभानमा विगत ५० बर्ष देखि लाग्दै आएको ऐतिहासिक पुसे मेलाका लागि मिक्वाखोला गाउँपालिकाले दुईदिन स्थानीय बिदा दिएको छ ।

कार्यपालिकाको निर्णय अनुसार पुस ३ र ४ गते स्थानीय बिदा दिईएको मिक्वाखोला गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दिनेश बरालले जानकारी दिए । बिदाका दुईदिन पालिका क्षेत्र भित्रका सरकारी कार्यालय, सामुदायिक बिद्यालय एवम् संघसंस्थाको आकस्मिक बाहेकको सेवा बन्द हुने पालिकाले जनाएको छ ।

पुसे मेला लाग्न थालेको यो बर्ष ५० बर्ष पूरा भएको छ । पुसे मेलालाई पालिकाले स्थानीय पर्वको रुपमा लिएर उत्सव मनाउन विदा दिएको जनाएको छ ।

मेरिङदेन गाउँपालिका वडा नं ३ खाम्लुङ र आठराई त्रिबेणी गाउँपालिकाको वडा नं ५ चाँगेको संगमस्थल मानिने दोभानमा सोमबारबाट सुरु भएको पुसेमेला ५ गते सकिने छ । यस अघि मेरिङदेन गाउँपालिकाले पुस ३ र ४ गते स्थानीय विदा दिने जनाएको छ ।

प्रकाशित मिति : 10:59 am

फक्ताङलुङमा हिमाली बस्तीमै पुगेर पशु स्वास्थ्य सेवा

ताप्लेजुङ, असोज २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले भौगोलिक रूपमा

रास्वपाले ताप्लेजुङमा एक्सन टिम गठन गर्‍यो

ताप्लेजुङ असोज २७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङले

कञ्चनजङ्घामा पर्यटकको चहलपहल बढ्यो

ताप्लेजुङ, असोज २७ गते । ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो

पभोग्य वस्तुमा कृत्रिम अभाव र मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

ताप्लेजुङ, असोज २६ गते । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले चाडपर्वलाई