सडक बन्द गर्न खोज्ने आठ पक्राउ



खोटाङमा थप आठ जना पहिचानवादी नेता कार्यकर्ता पक्राउ परेका छन् । यसअघि पक्राउ परेका पूर्वमन्त्री गोपाल किरातीलगायतका नेतालाई रिहाइको माग गर्दै सडक बन्दमा उत्रेका आठ जनालाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा प्रदेश नम्बर १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समिति खोटाङका संयोजक युगसन किरात, युवा परिचालन समितिका संयोजक निर्मल राई, जसपा पार्टीका जिल्ला सचिव सुनिल चाम्लिङ, सङ्घर्ष समितिका सदस्य सङ्गीता किरात, उपार्जुन चाम्लिङ, लक्ष्मी राई, सोनामहाङ राई र मेलिना राई रहेका छन् ।

उनीहरूलाई मध्यपहाडी लोकमार्ग अन्तर्गत दिक्तेलस्थित किरातचोकबाट प्रहरीले पक्राउ गरेको छ । मङ्सिर २६ गते पक्राउ परेका पूर्वमन्त्री किरातीसहित अन्यलाई रिहाइको माग गर्दै संयुक्त सङ्घर्ष समितिले शनिबार र आइतबार कोशी प्रदेशभरि सडक बन्द घोषणा गरेको थियो ।

सडकमा सवारी आवागमनमा अवरोध गरेकाले उनीहरूलाई होल्ड गरिएको खोटाङका डिएसपी पुरुषोत्तम खड्काले बताउनुभयो । नेकपा (एमाले) को “झुलाघाट–चिवाभन्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा” लाई लक्षित गर्दै मध्यपहाडी सडक बन्द गराउने, कालो झण्डा देखाउनेक्रममा विभिन्न जिल्लाबाट मङ्सिर २६ गते पहिचानवादी नेताहरू पक्राउ परेका थिए ।

पक्राउ परेकालाई रिहाइको माग गर्दै सडक बन्दमा उत्रिएका आठ जनलाई खोटाङबाट प्रहरीले पक्राउ गरेको हो । प्रदेश १ को नाम कोशी नभएर पहिचानको आधारमा राख्नुपर्ने माग गर्दै पहिचानवादीले प्रदेशको नामकरण भएदेखि आन्दोलन गर्दैआएका छन् ।

प्रकाशित मिति : 12:46 am

ताप्लेजुङमा तीन महिनामै एक करोड बढीको खाद्यान्न बिक्री

ताप्लेजुङ, असोज ३१ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले

फक्ताङलुङमा हिमाली बस्तीमै पुगेर पशु स्वास्थ्य सेवा

ताप्लेजुङ, असोज २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले भौगोलिक रूपमा

रास्वपाले ताप्लेजुङमा एक्सन टिम गठन गर्‍यो

ताप्लेजुङ असोज २७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङले

कञ्चनजङ्घामा पर्यटकको चहलपहल बढ्यो

ताप्लेजुङ, असोज २७ गते । ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो

पभोग्य वस्तुमा कृत्रिम अभाव र मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

ताप्लेजुङ, असोज २६ गते । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले चाडपर्वलाई