ताप्लेजुङ । मेरिङदेन गाउँपालिकाले दुई दिन स्थानीय बिदा दिएको छ । ताप्लेजुङको दोभानमा विगत ५० वर्ष देखि लाग्दै आएको ऐतिहासिक पुषे मेलाका लागि गाउँपालिकाले दुई दिन स्थानीय विदा दिने निर्णय गरेको हो ।
कार्यपालिकाको निर्णय अनुसार पुष ३ र ४ गते स्थानीय बिदा दिइएको मेरिङदेन गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रत्नेश्वरप्रसाद शाहले जानकारी दिनुभयो । बिदाका दुई दिन पालिका क्षेत्र भित्रका सरकारी कार्यालय, सामुदायिक विद्यालय एवम् सङ्घसंस्थाको आकस्मिक बाहेकको सेवा बन्द हुने पालिकाले जनाएको छ ।
मेरिङदेन गाउँपालिका वडा नं. ३ खाम्लुङ र आठराई त्रिबेणी गाउँपालिकाको वडा नं. ५ चाँगेको संगमस्थल दोभानमा मेला आगामी ५ गतेसम्म लाग्दै छ । आज उद्घाटन हुने भनिएको मेला यातायात बन्दका कारण खेलाडीहरू आइपुग्न नसकेकाले भोलि ७ बजे उद्घाटन हुने पुषे मेला स्वर्ण महोत्सव व्यवस्थापन समितिका अध्यक्ष हेम सिरिङ चोङबाङले जानकारी दिनु भएको छ ।
प्रतिक्रिया