मंसिर ३० र पुस १ गते कोशी प्रदेश भर यातायात बन्दको आह्वान 



ताप्लेजुङ । कोशी प्रदेश भर मंसिर ३० गते र पुस एक गतेका लागि यातायात बन्दको आह्वान गरिएको छ । प्रदेश नं. १ पुन नामाङ्कन संयुक्त सङ्घर्ष समितिले उक्त बन्दको आह्वान गरेका हुन् । 

संघर्ष समितिले आज एक विज्ञप्ति जारी गर्दै कोशी नाममा हस्ताक्षर गर्ने ८२ प्रदेश सांसद र ३ भाइलाई गाउँ प्रवेश नगर्न चेतावनी दिदाँ दिदैँ पनि आफ्नो मागलाई वेवास्ता गर्दै अवाञ्छित, छुद्र व्यक्तिको नेतृत्वमा मध्य पहाडी यात्राको नाममा जनताको भावनालाई कुल्चने र दबाउने कोकिस गरेको भन्दै बन्दको आह्वान गरिएको जनाइएको छ । 

यही मंसिर २६ गतेदेखि मध्य पहाडी मार्गमा विभिन्न चरणको बन्दको आयोजना गरिएको र उक्त कार्यक्रमलाई सफल पार्न निस्केका पूर्व संस्कृति मन्त्री गोपाल किराती, संघर्ष समितिका झापा संयोजक पाण्डप लाल चौधरी सहित विभिन्न ठाउँबाट ३५ जना आफ्ना नेताहरूलाई पक्राउ गरिएको र अहिलेसम्म पति रिहाइ नगरिएको उल्टै झुटा मुद्दाहरू लगाउने कार्य भएकोले बन्दको आह्वान गर्न बाध्य भइएको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

कोशी नाम खारेजी गरी वार्ताको माध्यमबाट समस्या समाधान गर्न छाडेर गृह प्रशासन तथा सरकार थप दमनमा उत्रिएको कारण पनि बन्द गरिएको बताइएको छ । अब कोशी नाम खारेजी बारे प्रदेश सभा र सरकारले पहल गर्न तथा नेताहरूलाई नछाडे अनिश्चितकालीन आम हड्ताल घोषणाको चेतावनी उक्त विज्ञप्ति मार्फत नै दिइएको छ । 

पूर्व घोषित लेगुवाघाट – चिवा भञ्ज्याङ बन्द लगायतको कार्यक्रम निरन्तर रहने जनाउँदै बन्दलाई सफल पार्न पहिचानवादी नेता, कार्यकर्ताहरूलाई सक्रिय रहन आग्रह गर्दै शुभचिन्तक, यातायात व्यावसायी लगायत सम्बन्धित सबैलाई सहयोग जारी राख्न पनि आह्वान गरिएको छ । 

प्रकाशित मिति : 12:41 pm

ताप्लेजुङमा नेकपा एमालेका क्षितिज थेवे विजयी

ताप्लेजुङ, फागुन २३ गते । ताप्लेजुङमा नेकपा एमालेका उम्मेद्वार क्षितिज

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ

ताप्लेजुङमा १ बजेदेखि मतगणना सुरु हुने

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा दिउँसो १ बजेदेखि मतगणना

ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने 

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका