मंसिर ३० र पुस १ गते कोशी प्रदेश भर यातायात बन्दको आह्वान 



ताप्लेजुङ । कोशी प्रदेश भर मंसिर ३० गते र पुस एक गतेका लागि यातायात बन्दको आह्वान गरिएको छ । प्रदेश नं. १ पुन नामाङ्कन संयुक्त सङ्घर्ष समितिले उक्त बन्दको आह्वान गरेका हुन् । 

संघर्ष समितिले आज एक विज्ञप्ति जारी गर्दै कोशी नाममा हस्ताक्षर गर्ने ८२ प्रदेश सांसद र ३ भाइलाई गाउँ प्रवेश नगर्न चेतावनी दिदाँ दिदैँ पनि आफ्नो मागलाई वेवास्ता गर्दै अवाञ्छित, छुद्र व्यक्तिको नेतृत्वमा मध्य पहाडी यात्राको नाममा जनताको भावनालाई कुल्चने र दबाउने कोकिस गरेको भन्दै बन्दको आह्वान गरिएको जनाइएको छ । 

यही मंसिर २६ गतेदेखि मध्य पहाडी मार्गमा विभिन्न चरणको बन्दको आयोजना गरिएको र उक्त कार्यक्रमलाई सफल पार्न निस्केका पूर्व संस्कृति मन्त्री गोपाल किराती, संघर्ष समितिका झापा संयोजक पाण्डप लाल चौधरी सहित विभिन्न ठाउँबाट ३५ जना आफ्ना नेताहरूलाई पक्राउ गरिएको र अहिलेसम्म पति रिहाइ नगरिएको उल्टै झुटा मुद्दाहरू लगाउने कार्य भएकोले बन्दको आह्वान गर्न बाध्य भइएको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

कोशी नाम खारेजी गरी वार्ताको माध्यमबाट समस्या समाधान गर्न छाडेर गृह प्रशासन तथा सरकार थप दमनमा उत्रिएको कारण पनि बन्द गरिएको बताइएको छ । अब कोशी नाम खारेजी बारे प्रदेश सभा र सरकारले पहल गर्न तथा नेताहरूलाई नछाडे अनिश्चितकालीन आम हड्ताल घोषणाको चेतावनी उक्त विज्ञप्ति मार्फत नै दिइएको छ । 

पूर्व घोषित लेगुवाघाट – चिवा भञ्ज्याङ बन्द लगायतको कार्यक्रम निरन्तर रहने जनाउँदै बन्दलाई सफल पार्न पहिचानवादी नेता, कार्यकर्ताहरूलाई सक्रिय रहन आग्रह गर्दै शुभचिन्तक, यातायात व्यावसायी लगायत सम्बन्धित सबैलाई सहयोग जारी राख्न पनि आह्वान गरिएको छ । 

प्रकाशित मिति : 12:41 pm

सुपर काबेली ‘ए’ ले साधारण शेयर निष्कासन गर्ने 

ताप्लेजुङ, माघ १८ गते । सुपर काबेली ‘ए’ जलविद्युत आयोजनाले

अपर मेवा जलविद्युतको सुरुङ मार्ग खन्ने कार्य सुरु

ताप्लेजुङ, माघ १८ गते । ताप्लेजुङमा निर्माणाधीन अपर मेवा जलविद्युत

केबुलकार खारेजको माग गर्दै ताप्लेजुङ प्रदर्शन

सौगात विष्ट ताप्लेजुङ, माघ १७ गते । पाथिभरा मन्दिर (मुक्कुमलुङ)

हुलाक कर्मचारीको क्षमता अभिवृद्धिका लागि तालिम

ताप्लेजुङ, माघ १६ गते । कर्मचारीहरूको क्षमता अभिवृद्धिका लागि जिल्ला

फक्ताङ्लुङद्वारा उच्च शिक्षा र प्राविधिकका विद्यार्थीलाई छात्रवृति

सौगात विष्टताप्लेजुङ, माघ १६ गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले पालिकाका