ताप्लेजुङमा चासोक तङ्नाम पर्वको अवसरमा आमन्त्रित प्रथम कञ्चनजंघा सेसेलुङ गोल्ड कप हुने 



ताप्लेजुङ । ताप्लेजुङको फुङलिङमा चासोक तङ्नाम पर्वको अवसरमा आमन्त्रित  प्रथम कञ्चजंघा सेसेलुङ गोल्ड कप हुने भएको छ । पुष ४ गते देखि ११ गते सम्म भानु जन माध्यमिक विद्यालयको प्राङ्गणमा खेल सञ्चालन हुने भएको हो । 

आज पत्रकार महासङ्घको सभाहलमा पत्रकार सम्मेलन गर्दै उक्त कार्यक्रमको जानकारी दिइएको छ । खेल संयोजक चन्द्र थेवेका अनुसार गोल्ड कपमा ८ टिमले सहभागिता जनाउने भएका छन् । जसमा सगरमाथा युथ क्लब मोरङ, बी.टि. फुटबल क्लब तेह्रथुम, जलथल फुटबल क्लब झापा, पाँचथर फुटबल क्लब पाँचथर, आठराई गाउँपालिका तेह्रथुम, रारा फुटबल क्लब धनकुटा, चक्रघट्टी फुटबल क्लब सुनसरीले सहभागिता जनाउने छन् । त्यस्तै जिल्लाको प्रतिनिधित्व गर्दै कञ्चनजंघा फुङलिङ क्लबले खेलमा प्रतिस्पर्धा गर्ने तयारी भइरहेको छ । 

प्रतियोगिताको विजेताले नगद ३ लाख २ हजार ८० र उपविजेताले १ लाख ५१ हजार ८० रुपैँया सहित ट्रफि, मेडल, प्रमाण पत्र प्राप्त गर्ने चासोक तङनाम सञ्चालक समितिले जनाएको छ । त्यस्तै लिम्बु समुदायमा आधारित मौलिक नृत्यहरू च्याब्रुङ नाच, धान नाच, छेलो, धनुकाँड, हाक्पारे, ख्याली, तथा राष्ट्रिय कलाकारको साथमा वृहत साङ्गतिक, सांस्कृतिक कार्यक्रम समेत हुदैछ । च्याब्रुङ नाच तर्फको प्रथमले ५० हजार, द्वीतियले ४० हजार र तृतीयले ३० हजार रुपैयाँ प्राप्त गर्ने छन् । 

त्यस्तै धान नाच तर्फ प्रथमलाई हुनेले १५ हजार, द्धितियलाई १० हजार र तृतीय हुनेलाई ५ हजार प्रदान गरिने बताइएको छ । पुष ४ गते लिट्ल बुद्ध ईङलिस बोडिङ स्कुलमा अन्तर मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता सञ्चालन गरिने भएको छ । वक्तृत्वकला चासोक तङ्नाम विषयकमा केन्द्रित भएर प्रतियोगीलाई सहभागिता जनाउन आह्वान गरिएको छ । कञ्चनजंघा फुङलिङ क्लब ताप्लेजुङको आयोजनामा सञ्चालन हुन लागेको  प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रममा चासोक तङनाम सञ्चालक समिति र ङा वोरक सङजुम्भो फुङलेङले समन्वय गर्ने भएका छन् ।

प्रकाशित मिति : २८ मंसिर २०८०, बिहीबार १३:०६

अझै भेटिएनन् त्रिशूलीमा हराएका २ बस र ३७ यात्रु

काठमाडौं । नारायणगढ मुग्लिङ सडकखण्ड अन्तर्गत सिमलतालमा पहिरोले बगाएर त्रिशूली

क्षतीपुर्ती नपाएको भन्दै स्थानीयद्धारा हाईड्रोका गाडी सञ्चालन बन्द आह्वान

एलिना दियालीताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाका स्थानीयले क्षतीपुर्ति नपाएको भन्दै

अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च

काठमाडौं । अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ

आज पाँच प्रदेशमा भारी वर्षा, कुन-कुन ?

बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा

खेल सकिएको २ घण्टापछि अर्जेन्टिना हारेको निर्णय

पेरिस ओलम्पिक २०२४ को पुरुष फुटबलमा मोरक्कोले अर्जेन्टिनालाई २–१ पराजित