सहायक प्रजिअ भट्टराईको “ताप्लेजुङको शिरैमा सेतो जुहार” गितको सुटिङ सम्पन्न




रेडियो काबेली । लोकप्रिय गायिका मिलन नेवार र गायक तथा ईन्जिनियर वीरेन्द्र श्रेष्ठको आवाजमा रहेको गित“ताप्लेजुङको शिरैमा सेतो जुहार” को सुटिङ सम्पन्न भएको छ ।


ताप्लेजुङ जिल्लाको पहिचान बोकेको गितको गितकार भने साहित्यकार एवम् ताप्लेजुङका सहायक प्रमुख जिल्ला अधिकारी टङ्क भट्टराई रहेका छन् । शंकर थापा (स्माईल)को संगीत, विश्व अधिकारीको एरेन्ज रहेको गीतको रेकर्ड म्युजिसियन स्टुडियोमा भएको हो भने गीतको मिक्समाष्टर किशोर थापाले गरेका छन् ।


कन्चनजङ्घा, कुम्भकर्ण (फक्ताङ्लुङ), फुङफुङ्गे, सिन्जेमा र विभिन्न पालिकाका पर्यटकिय स्थलमा झण्डै एक महिना लगाएर जिल्लाका प्राय सबै आवश्यक दृश्य प्रकाश बस्नेत र केशव अधिकारीको टिमले कैद गरेको थियो भने स्थानीय कलाकारहरू र साठी जना कोरश कलाकारहरु र कल्चरल ईभेन्ट्को दृश्य सुभाष लिम्बुले कैद गरेका छन् ।

ताप्लेजुङलाई मुलुक भित्र र विश्व जगतमा चिनाउन म्युजिकल डकुमेन्ट्री तैयारीको क्रममा रहि चाँडै प्रदर्शनीको तैयारीमा रहेको गायक तथा ई.वीरेन्द्र श्रेष्ठले जानकारी दिए ।

आफ्नो कामको शिलशिलामा ताप्लेजुङ आएका सहायक प्रजिअ भट्टाईले ताप्लेजुङको प्राकृतिक सुन्दरता,धार्मिक एवम् साँस्कृतिक विविधतालाई विश्व सामु चिनाउने उद्देश्यले गीत लेखेको बताएका छन् । यो गीतको शब्दले ताप्लेजुङलाई समेटेको र यसको संगित, एरेन्ज र समग्रतामा उत्कृष्ट रहेको गितको उत्पादन प्रबन्धक हर्कराज गुरुङले बताएका छन् ।

जिल्लामा उपलब्ध उच्चपदस्थ व्यक्तित्व, उपप्रमुख भिमादेवी ओझा, प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेल सहित लिटिल बुद्ध स्कुलका विद्यार्थी, भानु स्कुलका विद्यार्थी, केलाङ समूह र जिल्लालाई माया गर्ने दर्जनौ प्रबुद्ध ब्यक्तिहरुको उपस्थितिमा सुटिङ सम्पन्न भएको हो ।
ताप्लेजुङ्का स्थानीय निकायहरु, सहयोगी संस्थाहरु, नेपाल पर्यटन बोर्ड आदिको सहयोगमा निर्माणाधीन म्युजिकल डकुमेन्ट्री एडिटको क्रममा रहेको र चाँडै उपयुक्त समय हेरेर जिल्लामा यसको रिलिज गरिने गायक तथा ई.वीरेन्द्र श्रेष्ठले बताए ।


प्रकाशित मिति : 1:54 pm

प्रथम माघेमेला गोल्ड कप : आज लालिगुराँस र झापा भिड्दै 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम

प्रथम माघेमेला गोल्ड कप : सावादिन र धनकुटा सेमिफाइनलमा प्रवेश 

ताप्लेजुङ माघ २ गते । माघे सक्रान्तिको अवसरमा ताप्लेजुङको सिंवामा

पत्रकार लामगादेद्वारा जन्मदिनमा विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान

ताप्लेजुङ, माघ २ गते ।  ताप्लेजुङको पत्रकार तथा रेडियो तमोरका

ताप्लेजुङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

ताप्लेजुङ, माघ २ गते । ताप्लेजुङमा आगामी फागुन २१ गते

राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा आंशिक रुपमा अवरुद्ध

ताप्लेजुङ । राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा आंशिक रुपमा अवरुद्ध भएको