सहायक प्रजिअ भट्टराईको “ताप्लेजुङको शिरैमा सेतो जुहार” गितको सुटिङ सम्पन्न




रेडियो काबेली । लोकप्रिय गायिका मिलन नेवार र गायक तथा ईन्जिनियर वीरेन्द्र श्रेष्ठको आवाजमा रहेको गित“ताप्लेजुङको शिरैमा सेतो जुहार” को सुटिङ सम्पन्न भएको छ ।


ताप्लेजुङ जिल्लाको पहिचान बोकेको गितको गितकार भने साहित्यकार एवम् ताप्लेजुङका सहायक प्रमुख जिल्ला अधिकारी टङ्क भट्टराई रहेका छन् । शंकर थापा (स्माईल)को संगीत, विश्व अधिकारीको एरेन्ज रहेको गीतको रेकर्ड म्युजिसियन स्टुडियोमा भएको हो भने गीतको मिक्समाष्टर किशोर थापाले गरेका छन् ।


कन्चनजङ्घा, कुम्भकर्ण (फक्ताङ्लुङ), फुङफुङ्गे, सिन्जेमा र विभिन्न पालिकाका पर्यटकिय स्थलमा झण्डै एक महिना लगाएर जिल्लाका प्राय सबै आवश्यक दृश्य प्रकाश बस्नेत र केशव अधिकारीको टिमले कैद गरेको थियो भने स्थानीय कलाकारहरू र साठी जना कोरश कलाकारहरु र कल्चरल ईभेन्ट्को दृश्य सुभाष लिम्बुले कैद गरेका छन् ।

ताप्लेजुङलाई मुलुक भित्र र विश्व जगतमा चिनाउन म्युजिकल डकुमेन्ट्री तैयारीको क्रममा रहि चाँडै प्रदर्शनीको तैयारीमा रहेको गायक तथा ई.वीरेन्द्र श्रेष्ठले जानकारी दिए ।

आफ्नो कामको शिलशिलामा ताप्लेजुङ आएका सहायक प्रजिअ भट्टाईले ताप्लेजुङको प्राकृतिक सुन्दरता,धार्मिक एवम् साँस्कृतिक विविधतालाई विश्व सामु चिनाउने उद्देश्यले गीत लेखेको बताएका छन् । यो गीतको शब्दले ताप्लेजुङलाई समेटेको र यसको संगित, एरेन्ज र समग्रतामा उत्कृष्ट रहेको गितको उत्पादन प्रबन्धक हर्कराज गुरुङले बताएका छन् ।

जिल्लामा उपलब्ध उच्चपदस्थ व्यक्तित्व, उपप्रमुख भिमादेवी ओझा, प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेल सहित लिटिल बुद्ध स्कुलका विद्यार्थी, भानु स्कुलका विद्यार्थी, केलाङ समूह र जिल्लालाई माया गर्ने दर्जनौ प्रबुद्ध ब्यक्तिहरुको उपस्थितिमा सुटिङ सम्पन्न भएको हो ।
ताप्लेजुङ्का स्थानीय निकायहरु, सहयोगी संस्थाहरु, नेपाल पर्यटन बोर्ड आदिको सहयोगमा निर्माणाधीन म्युजिकल डकुमेन्ट्री एडिटको क्रममा रहेको र चाँडै उपयुक्त समय हेरेर जिल्लामा यसको रिलिज गरिने गायक तथा ई.वीरेन्द्र श्रेष्ठले बताए ।


प्रकाशित मिति : 1:54 pm

ताप्लेजुङमा तीन महिनामै एक करोड बढीको खाद्यान्न बिक्री

ताप्लेजुङ, असोज ३१ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले

फक्ताङलुङमा हिमाली बस्तीमै पुगेर पशु स्वास्थ्य सेवा

ताप्लेजुङ, असोज २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले भौगोलिक रूपमा

रास्वपाले ताप्लेजुङमा एक्सन टिम गठन गर्‍यो

ताप्लेजुङ असोज २७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङले

कञ्चनजङ्घामा पर्यटकको चहलपहल बढ्यो

ताप्लेजुङ, असोज २७ गते । ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो

पभोग्य वस्तुमा कृत्रिम अभाव र मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

ताप्लेजुङ, असोज २६ गते । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले चाडपर्वलाई