प्रथम किराँत गोल्डकप : ताप्लेजुङको कर्ण सिं सोनामले पाखा लगायो ए डिभिजन क्लब हिमालयन शेर्पालाई



पाँचथर ।  जारी प्रथम किराँत गोल्डकपमा ताप्लेजुङको कर्ण सिं सोनाम स्मृति क्लबले सेमिफाइनलमा प्रवेश गरेको छ ।  फिदिम माविको मैदानमा आज भएको ए डिभिजन क्लब हिमालयन शेर्पालाई पराजित गर्दे ताप्लेजुङको कर्ण सिं सोनाम स्मृति क्लबले सेमिफाइनलमा प्रवेश गरेको हो । 

यो सँगै गोल्डकपको सेमिफाइनल समीकरण पनि पूरा भएको छ ।  ताप्लेजुङले हिमालयन शेर्पालाई ४-३ गोलअन्तरले पराजित गरी अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

खेलको ३ मिनेटमै ताप्लेजुङका मन्जित येङ्देनले गोल गरेर सुरुवाती अग्रता बनाएका थिए । तर, शेर्पाका लागि विदेशी खेलाडी ओस्कारले २१औँ मिनेटमा गोल गरेर बराबरी गरे । प्रतिस्पर्धात्मक खेलमा ताप्लेजुङका प्रविण जबेगुले खेलको ४०औँ मिनेटमा गोल गरेर टिमलाई अग्रता दिलाए । फेरि शेर्पाका रक्षक बसन्त ओझाले ५१औँ मिनेटमा गोल गर्दै बराबरी गरे ।

२-२ गोलको बराबरी खेलमा ताप्लेजुङका दिपेश लिम्बूले आकर्षक गोल गरेर ३-२ को स्थितिमा पुर्याए । तर, ताप्लेजुङकै आशिष लिम्बूले ६९औँ मिनेटमा आत्मघाती गोलको उपहार शेर्पालाई दिएपछि ३-३ गोलको फेरि बराबरी बनेको थियो । अन्ततः ताप्लेजुङको जितका लागि प्रविण जबेगुको गोल  खेलको ७७औँ मिनेटमा कर्ण सिं  सोनाम स्मृति क्लबका प्रविण जबेगु फेरी गोल गर्न सफल भए यो नै कर्ण सिं  सोनाम स्मृति क्लबको लागि निर्णायक जित बन्यो ।

कर्ण सिं सोनाम स्मृति क्लबका गोलरक्षक आकाश लिम्बू म्यान अफ दी म्याच बने । यो जितसँगै ताप्लेजुङले अब झापाको बिर्तामोड युनाइटेडसँग अन्तिम सेमिफाइनल खेल खेल्ने पक्का भएको छ ।

भोलि पहिलो सेमिफाइनल खेल आयोजक पाँचथर एफसीले मोरङको डाँगीहाट एफसीको सामना गर्ने भएको छ । गोल्डकप विजेताले नगद ४ लाख ४ हजार ४४४ र उपविजेताले नगद २ लाख २ हजार २२२ सहित ट्रफी पाउने छ । 

खेलको फाइनल २३ गते हुने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : 1:24 pm

पाथीभरामा ४ करोड ८२ लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, साउन १ गते । प्रसिद्ध धार्मिक स्थल पाथीभरा (मुक्कुमलुङ)

कक्षा १–५ मा २० जना विद्यार्थी नभए विद्यालयको तह घटाइने

ताप्लेजुङ, असार ३१ गते । ताप्लेजुङको फुङलिङ नगरपालिकाले कक्षा १–५

मेरिङदेनमा गोठ सुधारका लागि ५० प्रतिशत अनुदान

ताप्लेजुङ, असार ३० गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले गोठ तथा

मैवाखोलामा १८ वर्ष भन्दा कम उमेरका बालबालिकाले मदिरा र सुर्तिजन्य सामग्री ओसारपसार गर्न नपाउने

ताप्लेजुङ, असार २९ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा १८ वर्ष

सिरिजङ्घा गाउँपालिकाद्वारा पत्रकार पुर्कुटी सम्मानित

ताप्लेजुङ, असार २९ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले पत्रकार सन्तोष