सिरिजङ्गा गोल्ड कप २०८० को खेल तालिका सार्वजनिक, पहिलो दिन आयोजकले ब्रोदर हुड फुटबल क्लब उदयपुरको सामना गर्ने  



ताप्लेजुङ । सिरिजङ्गा गोल्ड कप २०८० को खेल तालिका सार्वजनिक गरिएको  छ । आगामी मंसिर २५ गतेबाट सञ्चालन हुन उक्त खेलको खेल तालिका सार्वजनिक गरिएको  हो । 

सार्वजनिक तालिका अनुसार खेलको पहिलो दिन आयोजक र ब्रोदर हुड फुटबल क्लब उदयपुर बीच प्रतिष्पर्धा हुने भएको छ ।  त्यस्तै  खेलको दोश्रो दिन २६ गते मध्यान्ह १२ बजे देउराली स्पोर्टिङ क्लब इलाम र कर्णसिङ सोनाम स्मृति क्लब ताप्लेजुङबिच आमनेसामने हुने भएको छ । साथै सोही दिन दिउँसो २ बजेबाट खेबाङ स्पोर्टिङ क्लब खेबाङ र न्यू स्टार क्लब झापाबीच खेल प्रतिस्पर्धा हुने आयोजक तेल्लोक स्पोर्टिङ क्लबका अध्यक्ष अर्जुन भट्टराईले जानकारी दिनुभएको छ । 

मंसिर २७ गते  क्वाटर फाइनलको  अन्तिम खेलमा साझा युवा क्लब पाँचथर र सुनकोटी सि।टी।एफ।सी काठमाडौँ बीच आमने सामने हुने भएको छ । खेल तालिका अनुसार मंसिर २७ र २८ गते सेमिफाइनलका खेलहरू हुनेछन् भने सेमिफाइनलमा पुग्ने २ टिमले उपाधिका लागि मंसिर २९ गते प्रतिष्पर्धा गर्ने छन् ।

खेलका विजेताले नगद २ लाख २ हजार २ सय २२ रुपैयाँ र उपविजेताले १ लाख १ हजार १ सय ११ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । 

प्रकाशित मिति : 1:43 pm

दोभानका आगलागी पीडितलाई ख्रीष्टियन समाजको तीन लाख ७६ हजार राहत

ताप्लेजुङ, कात्तिक २ गते । जिल्ला ख्रीष्टियन समाज ताप्लेजुङले दोभान

ताप्लेजुङमा तीन महिनामै एक करोड बढीको खाद्यान्न बिक्री

ताप्लेजुङ, असोज ३१ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले

फक्ताङलुङमा हिमाली बस्तीमै पुगेर पशु स्वास्थ्य सेवा

ताप्लेजुङ, असोज २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले भौगोलिक रूपमा

रास्वपाले ताप्लेजुङमा एक्सन टिम गठन गर्‍यो

ताप्लेजुङ असोज २७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङले

कञ्चनजङ्घामा पर्यटकको चहलपहल बढ्यो

ताप्लेजुङ, असोज २७ गते । ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो