कञ्चनजंघा सेसेलुङ गोल्ड कपको उपाधि सुनसरीको पोल्टामा




ताप्लेजुङ । कञ्चनजंघा सेसेलुङ गोल्ड कपको पहिलो संस्करणको उपाधि सुनसरीको चक्रघट्टी फुटबल क्लबको पोल्टामा परेको छ । बुधबार (आज) भएको फाईनल खेलमा मोरङको सगरमाथा युथ क्लबलाई ४–३ गोल अन्तरले पराजित गर्दै चक्रघट्टी फुटबल क्लब सुनसरीले उपाधी आफ्नो पोल्टामा पार्न सफल भएको हो । निर्धारित समयमा दुबै टिमबाट एक एक गोलको बराबरी भएपछि खेल ट्राईबेकरमा धकेलिएको थियो ।


उपाधीसँगै चक्रघट्टी फुटबल क्लबले ३ लाख २ हजार ८० सहित ट्रफि, मेडल र प्रमाण–पत्र प्राप्त गरेको छ भने उपविजेता भएको सगरमाथा युथ क्लबले १ लाख ५१ हजार ८० रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाण–पत्रमा चिक्त बुझाएको छ ।


चासोक तङनामको अवसरमा कञ्चनजंघा फुङलिङ क्लब, चासोक तङनाम सञ्चालक समिति र ङा वोरक सङजुम्भोद्वारा प्रतियोगिताको आयोजना गरिएको हो । गत पुष ४ गतेदेखि भानु जन माध्यमिक विद्यालयको प्राङ्गणमा भई रहेको गोल्डकपमा आयोजक कञ्चनजंघा फुङलिङ क्लब सहित आठ टिमको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : 11:49 am

दोभानका आगलागी पीडितलाई ख्रीष्टियन समाजको तीन लाख ७६ हजार राहत

ताप्लेजुङ, कात्तिक २ गते । जिल्ला ख्रीष्टियन समाज ताप्लेजुङले दोभान

ताप्लेजुङमा तीन महिनामै एक करोड बढीको खाद्यान्न बिक्री

ताप्लेजुङ, असोज ३१ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले

फक्ताङलुङमा हिमाली बस्तीमै पुगेर पशु स्वास्थ्य सेवा

ताप्लेजुङ, असोज २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले भौगोलिक रूपमा

रास्वपाले ताप्लेजुङमा एक्सन टिम गठन गर्‍यो

ताप्लेजुङ असोज २७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङले

कञ्चनजङ्घामा पर्यटकको चहलपहल बढ्यो

ताप्लेजुङ, असोज २७ गते । ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो