नेपाल नेत्र ज्योति संघको रजत महोत्सव : आज विविध कार्यक्रम गरिदै



ताप्लेजुङ । नेपाल नेत्र ज्योति संघको रजत महोत्सव अन्तर्गत आज विविध कार्यक्रम गरिदैछ । रजत महोत्सवको अवसरमा ज्योति स्मारिका विमोचन, शुभकामना आदान–प्रदान, प्रशंसा पत्र तथा कदर पत्र प्रदान लगायतका कार्यक्रमको आयोजना गरिएको छ । 

संघका जिल्ला सभापति खगेन्द्र अधिकारीका अनुसार केन्द्रिय अध्यक्ष चेतराज पन्तको प्रमुख आतिथ्यतामा कार्यक्रमको आयोजना गरिएको हो । हिजोबाट सुरु भएको रजत महोत्सवको पहिलो दिन प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ । फुङलिङस्थित तोक्मेडाँडाबाट सुरु भएको प्रभातफेरी डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्र ताप्लेजुङको परिसरमा पुगेर समापन भएको थियो । 

पहिलो दिन आँखा सचेतना सम्बन्धी प्रभातफेरी कार्यक्रमको आयोजना गरि महोत्सवको सुरुवात गरिएको हो । रजत महोत्सवकै अवसर पारेर भोलि मंगलबार नेपाल नेत्र ज्योति संघ ताप्लेजुङको संयोजनमा नेत्र ज्योति संघको कोशी प्रदेश समितिको दोस्रो अधिवेशन समेत फुङलिङमै हुने नेपाल नेत्रज्योति संघ ताप्लेजुङले जनाएको छ । 

प्रकाशित मिति : 5:44 am

फुङ्लिङमा महागुरु फाल्गुनन्दको जन्मजयन्ती मनाइने

ताप्लेजुङ, कात्तिक १३ गते । ताप्लेजुङको फुङ्लिङमा राष्ट्रिय विभूति महागुरु

घरको रेलिङबाट लडेर एक जना घाइते

ताप्लेजुङ, कात्तिक १३ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका–६ मा घरको

ताप्लेजुङदेखि काठमाडौंका लागि हिँडेको बस नावा खोलामा फस्यो, सबै यात्रुको उद्धार

ताप्लेजुङ, कात्तिक १३ गते । तमोर करिडोरअन्तर्गत पाँचथर र धनकुटाको

प्रतिकूल मौसमबाट सतर्क रहन फक्ताङ्लुङको पर्यटक र नागरिकलाई आग्रह

ताप्लेजुङ, कात्तिक १३ गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले प्रतिकूल मौसमका

पाथीभरा याङ्वरकमा सम्पन्न आमन्त्रित खुला क्लबस्तरीय पुरुष फुटबलको उपाधि दरिम्बालाई

ताप्लेजुङ, कात्तिक १३ गते । ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकामा सम्पन्न