नेपाल नेत्र ज्योति संघको रजत महोत्सव : आज विविध कार्यक्रम गरिदै



ताप्लेजुङ । नेपाल नेत्र ज्योति संघको रजत महोत्सव अन्तर्गत आज विविध कार्यक्रम गरिदैछ । रजत महोत्सवको अवसरमा ज्योति स्मारिका विमोचन, शुभकामना आदान–प्रदान, प्रशंसा पत्र तथा कदर पत्र प्रदान लगायतका कार्यक्रमको आयोजना गरिएको छ । 

संघका जिल्ला सभापति खगेन्द्र अधिकारीका अनुसार केन्द्रिय अध्यक्ष चेतराज पन्तको प्रमुख आतिथ्यतामा कार्यक्रमको आयोजना गरिएको हो । हिजोबाट सुरु भएको रजत महोत्सवको पहिलो दिन प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ । फुङलिङस्थित तोक्मेडाँडाबाट सुरु भएको प्रभातफेरी डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्र ताप्लेजुङको परिसरमा पुगेर समापन भएको थियो । 

पहिलो दिन आँखा सचेतना सम्बन्धी प्रभातफेरी कार्यक्रमको आयोजना गरि महोत्सवको सुरुवात गरिएको हो । रजत महोत्सवकै अवसर पारेर भोलि मंगलबार नेपाल नेत्र ज्योति संघ ताप्लेजुङको संयोजनमा नेत्र ज्योति संघको कोशी प्रदेश समितिको दोस्रो अधिवेशन समेत फुङलिङमै हुने नेपाल नेत्रज्योति संघ ताप्लेजुङले जनाएको छ । 

प्रकाशित मिति : 5:44 am

कञ्चनजङ्घामा पर्यटकको चहलपहल बढ्यो

ताप्लेजुङ, असोज २७ गते । ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो

पभोग्य वस्तुमा कृत्रिम अभाव र मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

ताप्लेजुङ, असोज २६ गते । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले चाडपर्वलाई

फुङलिङका १४ माछा तथा मासु पसलमा अनुगमन

ताप्लेजुङ, असोज २७ गते । उपभोक्तालाई स्वच्छ, सुरक्षित र गुणस्तरीय

घरेलुले ताप्लेजुङमा ग्राफिक डिजाइन सम्बन्धी सीप विकास तालिम सञ्चालन गर्ने

ताप्लेजुङ, असोज २७ गते । घरेलु तथा साना उद्योग कार्यालय