ताप्लेजुङ र थर्पु बजारमा आँखा शिविर सञ्चालन हुने



ताप्लेजुङ । ताप्लेजुङमा ३ दिने आँखा शिविर सञ्चालन हुने भएको छ । यही मंसिर १० गते देखि १२ गते सम्म डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रमा उक्त शिविर सञ्चालन हुने भएको हो ।

थर्पु बजारको याङवरक आँखा उपचार केन्द्रमा पनि मंसिर १४ र १५ गते २ दिने शिविर सञ्चालन हुने भएको छ । शिविर रामप्रसाद पोख्रेल आँखा अस्पताल, धनकुटाको प्राविधिक सहयोगमा सञ्चालन हुने क्लिनिक इन्चार्ज काजी गुरुङले जानकारी दिनु भएको छ ।  

उहाँका अनुसार नेपाल नेत्र ज्योति संघ ताप्लेजुङ, सेवा फाउन्डेसन काठमाडौँ, फुङलिङ नगरपालिका, ताप्लेजुङ र याङवरक गाउँपालिका, साथै पाँचथरको आयोजनामा शिविर सञ्चालन हुन लागेको हो । यस्तै सहयोगी संस्थाहरूमा हेल्पिङ हेन्ड्स ताप्लेजुङ, लायन्स क्लब अफ काठमाडौँ हाम्रो रूपान्तरण, लायन्स क्लब अफ तार्केश्वर चौतारी र सानिमा माध्य तमोर हाइड्रो पावर लि। ताप्लेजुङ रहेका छन् ।

शिविरमा नाम दर्ता वापत रु ६० रुपैयाँ लाग्ने र चश्माको न्यूनतम शुल्क लाग्ने गुरुङको भनाइ रहेको छ । आँखाको बिरामीहरूलाई निःशुल्क औषधीको व्यवस्था गरिएको पनि इन्चार्ज गुरुङले बताउनु भयो ।

प्रकाशित मिति : 1:52 pm

फुङ्लिङमा महागुरु फाल्गुनन्दको जन्मजयन्ती मनाइने

ताप्लेजुङ, कात्तिक १३ गते । ताप्लेजुङको फुङ्लिङमा राष्ट्रिय विभूति महागुरु

घरको रेलिङबाट लडेर एक जना घाइते

ताप्लेजुङ, कात्तिक १३ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका–६ मा घरको

ताप्लेजुङदेखि काठमाडौंका लागि हिँडेको बस नावा खोलामा फस्यो, सबै यात्रुको उद्धार

ताप्लेजुङ, कात्तिक १३ गते । तमोर करिडोरअन्तर्गत पाँचथर र धनकुटाको

प्रतिकूल मौसमबाट सतर्क रहन फक्ताङ्लुङको पर्यटक र नागरिकलाई आग्रह

ताप्लेजुङ, कात्तिक १३ गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले प्रतिकूल मौसमका

पाथीभरा याङ्वरकमा सम्पन्न आमन्त्रित खुला क्लबस्तरीय पुरुष फुटबलको उपाधि दरिम्बालाई

ताप्लेजुङ, कात्तिक १३ गते । ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकामा सम्पन्न