पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले गरे पदभार ग्रहण



आम्दानी तथा खर्चको विवरण मासिक रुपमा सार्वजनिक गर्ने घोषणा

ताप्लेजुङ । पाथीभरा क्षेत्र विकास समितिका नवनियुक्त कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले पदभार ग्रहण गर्नु भएको छ ।  क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबेले उहाँलाई ग्रहण गराउँनु भएको हो । 

पदभार ग्रहण गर्दै उहाँले पाथीभरा क्षेत्रको आम्दानी तथा खर्चको विवरण मासिक रुपमा सार्वजनिक गर्ने घोषणा गर्नु भएको छ । पाथीभरा क्षेत्रमा समस्या समाधान र तीर्थालुको सहज आवागमनका लागि आफ्नो कार्यकालभर मेहनेत लगाउने उहाँले बताउनुभयो ।

साथै यहीँ मंसिर महिनाको दोस्रो साता पाथीभरा क्षेत्रमा निमार्णाधिन लिफ्टिङ प्रविधिको खानो पानी सहितका योजना, पाथीभरा क्षेत्रको पक्की सडक निर्माण, यातायात व्यवस्थापन, पदमार्ग व्यवस्थापन, फोहोरमैला व्यवस्थापन, कर्मचारी परिचालन र तीर्थयात्रीको सहज तीर्थाटनका लागि स्थलगत रूपमै बुझ्न सरोकारवालाको वृहत् अनुगमन कार्यक्रमको प्रस्ताव पनि गर्नु भएको छ । 

यस्तै पाथीभरा क्षेत्र विकास समितिका निवर्तमान कार्यकारी निर्देशक मनमणि काफ्लेलाई सफल कार्यकालको निम्ति कदरपत्र सहित बिदाई गरिएको छ । काफ्लेले आफूले नवनियुक्त कार्यकारी निर्देशक हाङ्बाङको जस्तो गरी पदभार ग्रहण गर्न नपाएको बताउँदै आफूले कार्यकालभर सिकेका अनुभव पाथीभरा क्षेत्र विकास समिति सहितका सरोकारवाला निकायलाई दिइरहने बचनवद्धता व्यक्त गर्नुभयो ।

गत कात्तिक २० गतेको मन्त्रिस्तरीय निर्णयबाट कात्तिक २१ गते नियुक्त हुनु भएका हाङ्बाङको कार्यकाल ४ वर्षको हुने छ । काफ्लेको ४ वर्षे कार्यकाल गत कात्तिक ६ गते सकिएको थियो । 

प्रकाशित मिति : 12:17 pm

कञ्चनजङ्घामा पर्यटकको चहलपहल बढ्यो

ताप्लेजुङ, असोज २७ गते । ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो

पभोग्य वस्तुमा कृत्रिम अभाव र मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

ताप्लेजुङ, असोज २६ गते । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले चाडपर्वलाई

फुङलिङका १४ माछा तथा मासु पसलमा अनुगमन

ताप्लेजुङ, असोज २७ गते । उपभोक्तालाई स्वच्छ, सुरक्षित र गुणस्तरीय

घरेलुले ताप्लेजुङमा ग्राफिक डिजाइन सम्बन्धी सीप विकास तालिम सञ्चालन गर्ने

ताप्लेजुङ, असोज २७ गते । घरेलु तथा साना उद्योग कार्यालय