ताप्लेजुङमा फूलको मूल्य महँगियो



ताप्लेजुङ । ताप्लेजुङमा यस वर्षको तिहारमा फूलको मूल्य महँगिएको छ । सदरमुकाम फुङ्लिङस्थित तोक्मेडाँडामा लाग्ने शनिबारे हाटमा विगतका वर्षभन्दा यो वर्ष महँगो मूल्यमा फूलको कारोबार भएको हो ।

जिल्लामा हालसम्म व्यावसायिक फूल खेती नभएको र ग्रामीण भेगका किसानले उत्पादन गर्ने फूलमा भर पर्नुपर्ने अवस्था रहेको छ । स्थानीय किसानका अनुसार उत्पादन कम भएपछि बजारमा फूलको मूल्य महँगो पर्नेगरेको छ । मागअनुसार फूलको उत्पादन नभएकाले मूल्य महँगिएको व्यवसायी बताउँछन् ।

शनिबारे हाटमा प्रतिमुठा ५० देखि एकसय ५० रुपियाँसम्ममा फूलको कारोबार भएको छ । सयपत्री फूलभन्दा मखमली फूलको मूल्य दोब्बर महँगो भएको उपभोक्ताले बताएका छन् ।

तिहारका लागि फूल आवश्यक भएपछि बिक्री गर्न आएका व्यवसायीले भने जति नै मूल्य लगाएर फूल खरिद गर्न बाध्य भएको सदरमुकामवासी उपभोक्ताको भनाइ छ ।

बजारवासीले ग्रामीण क्षेत्रबाट आउने फूलमा भर पर्नुपर्ने बाध्यता रहेको उपभोक्ताहरु बताउँछन् । बजारबासीका लागि विकल्प नभएपछि ग्रामीण क्षेत्रबाट बिक्री गर्न ल्याइएका फूल महँगो भए पनि खरिद गर्न बाध्य हुनुपर्ने अवस्था रहेको उनीहरुको भनाइ छ । फूलको पर्वका रुपमा समेत मान्ने गरिएको तिहारमा घरढोका, भाँडाकुँडा सजाउनदेखि लक्ष्मीपूजा, भाइटीकामा फूलमालाको अधिक प्रयोग गर्ने चलन रहिआएको छ । गोरखापत्र अनलाइन

प्रकाशित मिति : 12:58 am

चीन सरकारले दियो मेरिङ्देनलाई स्काभेटर 

ताप्लेजुङ, कात्तिक ११ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाले चीन सरकारबाट

ताप्लेजुङ युके युवा समाजद्धारा क्यान्सर तथा मिर्गौला पीडितलाई आर्थिक सहयोग

ताप्लेजुङ, कात्तिक १० गते । ताप्लेजुङ युके युवा समाज बेलायतले

फङ्फङदेन झरना पर्यटन मेला मंसिर २ देखि, फुटबल विजेतालाई तीन लाख बराबरको अलैँची

ताप्लेजुङ, कात्तिक १० गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा आयोजना हुने

दोभानका आगलागी पीडितलाई ख्रीष्टियन समाजको तीन लाख ७६ हजार राहत

ताप्लेजुङ, कात्तिक २ गते । जिल्ला ख्रीष्टियन समाज ताप्लेजुङले दोभान

ताप्लेजुङमा तीन महिनामै एक करोड बढीको खाद्यान्न बिक्री

ताप्लेजुङ, असोज ३१ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले