तस्करीको चाँदी झण्डै एक सय किलो रहेको पुष्टि, १३ तोला सुन पनि बरामद



विराटनगर । प्रहरीले विराटनगर–११ पिचरास्थित पशुपति ज्वलर्सबाट बरामद गरेको चाँदी ९९ किलो ९९४।५ ग्राम रहेको पुष्टि भएको छ । प्रहरीले १३ तोला सुन पनि उक्त ज्वेलर्सबाट बरामद गरेको छ ।

प्रहरीले उक्त ज्वेलर्सका सञ्चालक विश्वजीत जानालाई नियन्त्रणमा लिएको छ ।

सुनचाँदी पसलबाट बिहीबार दिउँसो तस्करीको चाँदीका गरगहना बरामद भएको हो । पक्राउ परेका सञ्चालकलाई विराटनगर भन्सार कार्यालयमा राखिएको छ । पक्राउ परेका जाना भारतीय नागरिक हुन् । उनले पिचरामा सुनचाँदीको पसल सञ्चालन गर्दै आएका थिए ।

विराटनगर भन्सार कार्यालय, मोरङ प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रुपमा छापा हानेर चाँदी बरामद गरेको हो । बरामद गरिएको चाँदीको बिलबिजक छैन । बरामद गरिएको चाँदीको गरगहना पाँच वटा प्लाष्टिकको बोरामा हालेर लगिएको छ ।

प्रकाशित मिति : 1:16 am

ताप्लेजुङ गोल्ड कपको तयारी सुरु

ताप्लेजुङ, जेठ ३१ गते । ताप्लेजुङ गोल्ड कपको चौथो संस्करण

फक्ताङ्लुङका सामुदायिक विद्यालयमा प्रविधिमैत्री शिक्षाको सुरुवात

ताप्लेजुङ, जेठ ३० गते । फक्ताङ्लुङ गाउँपालिकाले सामुदायिक विद्यालयहरूमा आधुनिक

ज्येष्ठ नागरिकहरूको भेटघाट र सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

ताप्लेजुङ, जेठ ३० गते । ताप्लेजुङमा ज्येष्ठ नागरिक भेटघाट कार्यक्रम

फुङलिङ नगरपालिकाले जेठ ३० देखि सार्वजानिक सुनुवाइ गर्ने 

सौगात विष्ट  ताप्लेजुङ, जेठ २९ गते । फुङलिङ नगरपालिकाले चालु

लागू औषध नियन्त्रण सम्बन्धी सचेतना प्रदान

ताप्लेजुङ, जेठ २९ गते । ताप्लेजुङका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीलाई