ताप्लेजुङमा जाँडको कटमा डुबेर १८ महिने बच्चाको मृत्यु




ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा एक बालकको रक्सि पारेर राखेको जाँडको कटमा डुबेर मृत्यु भएको छ । सोमबार रक्सि पारेर राखेको जाँडको कटमा डुब्दा फक्ताङलुङ गाउँपालिका २ तिङदोका लाक्पा नोर्बु शेर्पाका १८ महिने छोरा ङिमा दोर्ची शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय ताप्लेजुङले जनाएको छ ।


मृतकका बुबा वैदेशिक रोजगारीमा साउदी गएको र आमा सोनिया शेर्पा बच्चा छिमेकीलाई हेर्न छोडेर खेतमा गएको बेला दिउँसो बच्चा खेल्ने क्रममा कटमा डुबेको अवस्थामा छिमेकी छयके शेर्पाले देखेर बच्चालाई कटबाट निकाल्दा बच्चाको मृत्यु भईसकेको प्रहरीले जनाएको छ ।


उक्त घटन प्रहरीलाई जानकारी हुना साथ सिंवा प्रहरी चौकीबाट प्रहरी घटनास्थल पुगि शबलाई आज जिल्ला अस्पताल ताप्लेजुङमा पोष्टमार्टम गरि आफन्तलाई शब बुझाईएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

प्रकाशित मिति : 11:51 am

ताप्लेजुङमा तीन महिनामै एक करोड बढीको खाद्यान्न बिक्री

ताप्लेजुङ, असोज ३१ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले

फक्ताङलुङमा हिमाली बस्तीमै पुगेर पशु स्वास्थ्य सेवा

ताप्लेजुङ, असोज २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले भौगोलिक रूपमा

रास्वपाले ताप्लेजुङमा एक्सन टिम गठन गर्‍यो

ताप्लेजुङ असोज २७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङले

कञ्चनजङ्घामा पर्यटकको चहलपहल बढ्यो

ताप्लेजुङ, असोज २७ गते । ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो

पभोग्य वस्तुमा कृत्रिम अभाव र मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

ताप्लेजुङ, असोज २६ गते । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले चाडपर्वलाई