कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले असोज १९ गते विश्वासको मत लिने



विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले असोज १९ गते विश्वासको मत लिने भएका छन्।

प्रदेशसभाको चौथो अधिवेशन बुधबार सुरु हुने भए पनि कार्कीले पर्सि १९ गते विश्वासको मत लिने समझदारी कार्यव्यवस्था परामर्श समितिको बैठकमा भएको हो। १९ गते संभव नभए विश्वासको मत लिने कार्य २० गते हुन सक्ने एमाले प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए।

‘२० गतेसम्म समय रहेकोले सोही दिन पनि बैठक राखेर मत लिने हुनसक्छ, अहिले नै पत्र आएको छैन पत्र आएपछि थाहा हुन्छ।’ उनले भने।

सर्वोच्चको परमादेशपछि संविधानको धारा १६८ को उपधारा ३ अनुसार कार्की गत भदौ २२ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए। संविधान अनुसार उनले असोज २० गतेभित्र विश्वासको मत लिनुपर्छ।

कार्की सर्वोच्च अदालतको परमादेशबाट मुख्यमन्त्री नियुक्त भएका हुन्। नेपाली कांग्रेस र माओवादी केन्द्रसहितको गठबन्धनबाट मुख्यमन्त्री नियुक्त भएका उद्धव थापाले विश्वासको मत लिने प्रयोजनमा सभाध्यक्षको पनि मत लिएको भन्दै परेको रिटको सुनुवाइ गर्दै सर्वोच्च अदालतले थापालाई पदमुक्त गरि कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न आदेश दिएको थियो।

प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्री नियुक्त भएका कार्कीले विश्वासको मत पाउने संभावना अहिलेसम्म देखिएको छैन।

प्रदेशसभामा एमालेको ४० सांसद रहे पनि उपसभामुख सिर्जना दनुवारले सभाको अध्यक्षता गर्ने भएकोले मतदानमा सहभागी हुन पाउँदिनन्। त्यो अवस्थामा कार्कीले ३९ मत मात्र पाउने देखिएको छ।

यसअघि एमालेको गठबन्धनमा रहेको राप्रपाले पनि विश्वासको मत पाउने अवस्था नदेखिएमा कार्कीलाई मत नदिने बताएको छ। ६ सिट रहेको राप्रपाले उनलाई मत दिए पनि ४५ मत मात्र पुग्छ। ९३ सदस्यीय प्रदेशसभामा विश्वासको मत पाउन ४७ सांसदको मत आवश्यक पर्छ।

विश्वासको मत पाउने संभावना नरहेकोले मुख्यमन्त्री कार्कीले त्यसअघि नै राजीनामा दिने संभावना पनि रहेको एमाले नेताहरूले बताएका छन्। कार्कीले विश्वासको मत नपाएको अवस्थामा संविधानको धारा १६८ को उपधारा ५ प्रयोग हुन्छ। यस धारा अनुसार प्रदेशसभाको कुनै पनि सदस्यले बहुमत सांसदको हस्ताक्षर जुटाएर मुख्यमन्त्रीको दावी गर्न सक्छ।

प्रकाशित मिति : 11:59 am

पाथीभरामा हिमपात

ताप्लेजुङ, फागुन १२ गते । ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरा

आज ग्याल्पो ल्होसार : सार्वजनिक बिदा

ताप्लेजुङ, फागुन ६ गते । शेर्पा समुदायले आज विभिन्न कार्यक्रम

साउदीको रियादमा १०औँ सगरमाथा गोल्डकप आयोजना हुँदै

काठमाडौँ । साउदी अरबको राजधानी रियाद मा १०औँ संस्करणको ‘सगरमाथा

ताप्लेजुङको आवाज बन्ने छु : क्षितिज थेबे

ताप्लेजुङ, फागुन ४ गते । आगामी फागुन २१ गते हुने

डिजिटल वक्तृत्वकलामा विद्वता पोखरेल प्रथम

ताप्लेजुङ, फागुन २ गते । ताप्लेजुङको पाथिभरा बहुमुखी क्याम्पसमा सञ्चालन