ताप्लेजुङ गोल्ड कप : रेडहर्ष इलाम फाइनलमा प्रवेश



ताप्लेजुङ । रेडहर्ष फुटबल क्लब इलाम फुङलिङमा जारी प्रथम ताप्लेजुङ गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । मंगलबार सम्पन्न भएको अन्तिम सेमिफाइनल खेलमा रेडस्टार फुटबल क्लब बिर्तामोड झापालाई ट्राईबेकरमा ५–४ गोलअन्तरले पराजित गर्दै इलाम उपाधि नजिक पुगेको हो ।

निर्धारित समयावधिमा दुवै टीमले १–१ गोलको बराबरी खेलेसँगै खेल ट्राइबेकरमा धकेलिएको थियो ।  खेलको १५ औँ मिनेटमा इलामको आशिष राईले पहिलो गोल गर्नुभएको थियो ।

त्यस्तै ७५ औँ मिनेटमा झापाबाट खेल्नु भएका नाइजेरियन खेलाडी जोन ग्लोरीले गोल गरेसँगै खेल बराबरीमा फर्किएको हो । अब इलामले उपाधिका लागि भोलि जुट विकास फुटबल एकेडेमी सुनसरीसँग प्रतिष्पर्धा गर्नेछ । सुनसरीले हिजो सेमिफाइनलमा पथरी ११ फुटबल क्लब मोरङलाई ट्राइबेकरमै ५–४ गोलअन्तरले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो ।

गोल्ड कपको विजेताले नगद ३ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्दा उपविजेताले भने १ लाख ५१ हजार १ सय ११ रुपैयाँमा चित्त बुझाउनेछन् । दुवै टिमलाई ट्रफी, मेडल तथा प्रमाण–पत्रको समेत व्यवस्था गरिएको आयोजक लाखेजात्रा सञ्चालन समिति ताप्लेजुङले जनाएको छ । जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा जारी खेलमा ८ टिमको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : 1:43 pm

फक्ताङलुङमा हिमाली बस्तीमै पुगेर पशु स्वास्थ्य सेवा

ताप्लेजुङ, असोज २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले भौगोलिक रूपमा

रास्वपाले ताप्लेजुङमा एक्सन टिम गठन गर्‍यो

ताप्लेजुङ असोज २७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङले

कञ्चनजङ्घामा पर्यटकको चहलपहल बढ्यो

ताप्लेजुङ, असोज २७ गते । ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो

पभोग्य वस्तुमा कृत्रिम अभाव र मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

ताप्लेजुङ, असोज २६ गते । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले चाडपर्वलाई