ताप्लेजुङ गोल्ड कप : रेडहर्ष इलाम फाइनलमा प्रवेश



ताप्लेजुङ । रेडहर्ष फुटबल क्लब इलाम फुङलिङमा जारी प्रथम ताप्लेजुङ गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । मंगलबार सम्पन्न भएको अन्तिम सेमिफाइनल खेलमा रेडस्टार फुटबल क्लब बिर्तामोड झापालाई ट्राईबेकरमा ५–४ गोलअन्तरले पराजित गर्दै इलाम उपाधि नजिक पुगेको हो ।

निर्धारित समयावधिमा दुवै टीमले १–१ गोलको बराबरी खेलेसँगै खेल ट्राइबेकरमा धकेलिएको थियो ।  खेलको १५ औँ मिनेटमा इलामको आशिष राईले पहिलो गोल गर्नुभएको थियो ।

त्यस्तै ७५ औँ मिनेटमा झापाबाट खेल्नु भएका नाइजेरियन खेलाडी जोन ग्लोरीले गोल गरेसँगै खेल बराबरीमा फर्किएको हो । अब इलामले उपाधिका लागि भोलि जुट विकास फुटबल एकेडेमी सुनसरीसँग प्रतिष्पर्धा गर्नेछ । सुनसरीले हिजो सेमिफाइनलमा पथरी ११ फुटबल क्लब मोरङलाई ट्राइबेकरमै ५–४ गोलअन्तरले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो ।

गोल्ड कपको विजेताले नगद ३ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्दा उपविजेताले भने १ लाख ५१ हजार १ सय ११ रुपैयाँमा चित्त बुझाउनेछन् । दुवै टिमलाई ट्रफी, मेडल तथा प्रमाण–पत्रको समेत व्यवस्था गरिएको आयोजक लाखेजात्रा सञ्चालन समिति ताप्लेजुङले जनाएको छ । जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा जारी खेलमा ८ टिमको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : 1:43 pm

ताप्लेजुङ युके युवा समाजद्धारा क्यान्सर तथा मिर्गौला पीडितलाई आर्थिक सहयोग

ताप्लेजुङ, कात्तिक १० गते । ताप्लेजुङ युके युवा समाज बेलायतले

फङ्फङदेन झरना पर्यटन मेला मंसिर २ देखि, फुटबल विजेतालाई तीन लाख बराबरको अलैँची

ताप्लेजुङ, कात्तिक १० गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा आयोजना हुने

दोभानका आगलागी पीडितलाई ख्रीष्टियन समाजको तीन लाख ७६ हजार राहत

ताप्लेजुङ, कात्तिक २ गते । जिल्ला ख्रीष्टियन समाज ताप्लेजुङले दोभान

ताप्लेजुङमा तीन महिनामै एक करोड बढीको खाद्यान्न बिक्री

ताप्लेजुङ, असोज ३१ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले

फक्ताङलुङमा हिमाली बस्तीमै पुगेर पशु स्वास्थ्य सेवा

ताप्लेजुङ, असोज २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले भौगोलिक रूपमा