भोलिबाट सुरु हुँदै ताप्लेजुङ गोल्डकप, तयारी पुरा



ताप्लेजुङ । भोलिबाट सुरु हुने प्रथम ताप्लेजुङ गोल्डकपको तयारी पुरा भएको छ । लाखेजात्रा सञ्चालन समिति र जिल्ला फुटबल संघ ताप्लेजुङले संयुक्त रुपमा आयोजना गरेको खेलको उद्धघाटन मध्यान्ह १२ बजे हुने भएको हो ।

खेलको उद्धघाटन फुङलिङ नगरपािलकाका प्रमुख अमिर मादेनले गर्ने तयारी भईरहेको लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष देवराज गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार नगरपालिकाका उप–प्रमुख ताप्लेजुङका सबै स्थानीय तहका अध्यक्ष तथा उपाध्यक्ष लगायतको उपस्थितिमा खेलको उद्धघाटन हुदैछ ।

पाथीभरा गोल्डकपको नाममा सञ्चालन हुदै आएको खेल यसपालि भने ताप्लेजुङ गोल्डकपको रुपमा सञ्चालन हुन लागेको हो । उद्धघाटन खेलमा फुङलिङ नगरपालिकाका ४ र ५ का १४ वर्षमुनिका खेलाडीहरु मैदान उत्रदै छन् ।

त्यस्तै प्रतियोगिताअन्तर्गत भोलिको पहिलो खेलमा ताप्लेजुङको प्रतिनिधित्व गर्दै मानाभारा स्पार्टिङ क्लबले जुट बिकास फुटबल क्बल एकेडेमी ईटहरी, सुनसरीको सामना गर्दैछ । भोलिको विजेताले सेमिफाईनलको यात्रा सुरक्षित गर्नेछ ।

भोलिदेखि ४ दिनसम्म सञ्चालन हुने क्वाटरफाईनल अन्तर्गतका ४ ओटा खेलका लागि प्रतिव्यक्ति १ सय रुपैँया टिकट दर निर्धारण गरिएको आयोजकले जनाएको छ । भदौ १८ र १९ गते सेमिफाईनलका लागि भने २ सय र फाईनलको लागिग २ सय ५० रुपैँया टिकट शुल्क तोकिएको बताइएको छ ।

दर्शकहरुलाई बस्नको लागि बाँसको प्याराफिट निर्माण गरिएको छ । वि.सं. २०२९ सालदेखि लाखेजात्राको अवसरमा निरन्तर खेल सञ्चालन भएपनि विगत ३ वर्षभने स्थगित भएको थियो । २ वर्ष कोरोना संक्रमणका कारण र १ वर्ष खेलमैदान अभावका कारण खेल सञ्चालन गर्न नसकिएको आयोजकको भनाई रहेको छ ।

यस्तै प्रतियोगितामा पाँचथरबाट फिदिम स्पोर्टिङ क्लब, इलामबाट रेडहर्स क्लब, झापाबाट गोर्खा स्पोर्टस् क्लब र रेडस्टार क्लबले सहभागिता जनाउँदैछन् । मोरङबाट पथरी फुटबल क्लब, सुनसरीबाट जुट विकास फुटबल क्लब र भारतको दार्जिलिङबाट युनाइटेड खर्साङ क्लबको सहभागिता रहने अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रतियोगिताको विजेता र उपविजेताले क्रमश नगद रु तीन लाख ११ हजार एक सय ११ र एक लाख ११ हजार एक सय ११ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गनेछन् ।

लाखेजात्रासँगैको खेलकुदका माध्यमबाट जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने, बजारलाई चलायमान बनाउने, नयाँ प्रतिभाको खोजी गर्ने, अग्रजको सम्मान र इतिहासलाई बचाइराख्ने उद्देश्यका साथ प्रतियोगिताको आयोजना गरिएको अध्यक्ष गुरुङले बताउनुभयो ।

प्रकाशित मिति : 1:41 pm

सुपर काबेली ‘ए’ ले साधारण शेयर निष्कासन गर्ने 

ताप्लेजुङ, माघ १८ गते । सुपर काबेली ‘ए’ जलविद्युत आयोजनाले

अपर मेवा जलविद्युतको सुरुङ मार्ग खन्ने कार्य सुरु

ताप्लेजुङ, माघ १८ गते । ताप्लेजुङमा निर्माणाधीन अपर मेवा जलविद्युत

केबुलकार खारेजको माग गर्दै ताप्लेजुङ प्रदर्शन

सौगात विष्ट ताप्लेजुङ, माघ १७ गते । पाथिभरा मन्दिर (मुक्कुमलुङ)

हुलाक कर्मचारीको क्षमता अभिवृद्धिका लागि तालिम

ताप्लेजुङ, माघ १६ गते । कर्मचारीहरूको क्षमता अभिवृद्धिका लागि जिल्ला

फक्ताङ्लुङद्वारा उच्च शिक्षा र प्राविधिकका विद्यार्थीलाई छात्रवृति

सौगात विष्टताप्लेजुङ, माघ १६ गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले पालिकाका