पाथीभरा मन्दिरमा बैशाखमा आए सबैभन्दा बढि तीर्थयात्री 



 ताप्लेजुङ । प्रसिद्ध तीर्थ स्थल ताप्लेजुङको पाथीभरा मन्दिरमा गत आर्थिक वर्षको वैशाख महिनामा सबै भन्दा बढी तीर्थयात्री दर्शनका लागि आएका छन् । 

पाथिभरा क्षेत्र विकास समितिको तथ्याङ्क अनुसार उक्त महिनामा ३५ हजार ६६४ जना भक्तजन मन्दिर दर्शनका लागि आएका छन् । सबैभन्दा कम साउन महिनामा १ हजार ७ सय ९५ जना मात्र भक्तजन मन्दिर दर्शनका लागि पाथीभरा आएका छन् । 

भदौमा ८ हजार ७५, असोजमा २२ हजार ९ सय ६४, कात्तिकमा १७ हजार १ सय ७० जना आएको तथ्याङ्कमा उल्लेख छ । 

त्यस्तै मङ्सिरमा २३ हजार ३ सय ६६, पुसमा ६ हजार ५४, माघमा ५ हजार ८ सय ३७ र फागुनमा १८ हजार ६ सय ८६ तीर्थयात्रीले दर्शन गरेका छन् । 

चैत्र महिनामा ३० हजार ६ सय १८ जना आउँदा जेठ र असारमा क्रमश २७ हजार २ सय १७ र ३ हजार ६ सय २ जना भक्तजन पाथीभरा आएको समितिले जनाएको छ । 

गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको तुलनामा दर्शनार्थीको संख्या घटेको समितिले जनाएको छ ।

प्रकाशित मिति : 1:52 pm

हुलाक कर्मचारीको क्षमता अभिवृद्धिका लागि तालिम

ताप्लेजुङ, माघ १६ गते । कर्मचारीहरूको क्षमता अभिवृद्धिका लागि जिल्ला

फक्ताङ्लुङद्वारा उच्च शिक्षा र प्राविधिकका विद्यार्थीलाई छात्रवृति

सौगात विष्टताप्लेजुङ, माघ १६ गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले पालिकाका

प्रथम लिङ्तेप गोल्डकपको उपाधि पाँचथरलाई

 ताप्लेजुङ, माघ १३ गते । प्रथम लिङ्तेप गोल्डकपको उपाधि कुम्मायक कुसायक

प्रथम लिङ्तेप गोल्डकप : उपाधिका लागि साथीभाइ र पाँचथर भिड्दै 

ताप्लेजुङ, माघ १३ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–४ लिङ्तेपमा जारी