कांग्रेसको ‘आन्तरिक विशेष अभियान कार्यक्रम’ आजदेखि सुरु



ताप्लेजुङ । नेपाली कांग्रेसले ‘आन्तरिक विशेष अभियान कार्यक्रम’ तय गरि आजदेखि कार्यक्रम सुरु गरेको छ  । यो महिनाभर (साउन २०–३० गते) सम्मको कार्यक्रम तालिका समेत सार्वजनिक गरेर अभियान सुरु गरेको हो । 

कांग्रेस केन्द्रिय सदस्य सुजता परिकारसहितको सहभागितामा आज नेपाल विद्यार्थी संघ र पाथीभरा क्याम्पस इकाई समिति तथा नेपाल तरुण दल जिल्ला कार्य समितिको आयोजनामा एक कार्यक्रम मार्फत उक्त अभियान सुरु गरिएको छ । कर्यक्रममा बोल्दै केन्द्रिय सदस्य परियारले भनिन्,‘पार्टीलाई जिवित राख्न नेता कार्यकर्ताको समान भूमिका हुन्छ । पार्टीको काम बाहेक विकास, सुशासन र गुणस्तरीय सेवा प्रवाहमा केन्द्रित हुनुपर्छ ।’ 

अरु दलका नेता कार्यकर्ताले गाली गर्यो भन्दैमा प्रतिकारमा उत्रनुको सट्टा सुधारात्मक र सकारात्मक आलोचना वा टिप्पणी गर्नुपर्नेमा उनले जोड दिए । संविधानसभा सदस्य समेत रहेका परियारले थपिन्, ‘काग्रेसको इतिहास नै अरुलाई गाली गलौज होइन् । बरु गाली दिनेलाई ताली दिन्छ । काँध मिलाएर संवादमा ल्याउने र समस्या समाधान गर्ने पार्टी हो । नभुल्नुहोला ।’ 

कांग्रेस पार्टीभित्र हुने आन्तरिक छलफललाई विपक्षी र विरोधीले कलह भनेर हल्ला फिजाएको भन्दै उनले हल्लाको पछि लाग्न नहुने बताए । उनले भनिन्, ‘भर्खरै सकिएको कांग्रेस बैठकमा लाइभ दृश्य सबैले हेरे । किनकी लुकाउन पर्ने कुरा केही थिएन । लोकतान्त्रिक पार्टीभित्र आफ्ना कुरा कसरी राखिन्छ भन्ने नमूना पनि थियो । जुन अरु पार्टीमा त्यति सम्भव नहोला ।’ 

कांग्रेस जिल्ला सभापति गजेन्द्र तुम्याङ र सचिव युक हाङ् विर हाङ्गाम (डम्बर) द्धारा हस्ताक्षरित कार्यक्रम तालिकामा सबैलाई सहभागी हुन अनुरोध गरिएको छ । सभापति तुम्याङले भने, ‘शहरदेखि गाउँसम्म नेता कार्यकर्ता र शुभेच्छुकबिच भेटसँगै छलफल हुन्छ । यी बाहेक विकास, समृद्धि र सुशासनदेखि चौतर्फी विषयमा कुराकानी आदानप्रदान हुन्छ ।’ 

अभियानका क्रममा पार्टीको मात्र कुरा नभई देश र जनताको भाग्य र भविष्यसँग जोडिएको विषय छलफलमा समावेश गरिएको छ । जिल्लास्थित नेता र कार्यकर्ता अभियानप्रति खुसी देखिएका छन् । पार्टी नेता र कार्यकर्ताप्रति चित्त नबुझेको विषय चिया गफमा नभई कार्यक्रममै राख्न पाउने भएका छन् ।

प्रकाशित मिति : 6:51 am

मैवाखोलामा १८ वर्ष भन्दा कम उमेरका बालबालिकाले मदिरा र सुर्तिजन्य सामग्री ओसारपसार गर्न नपाउने

ताप्लेजुङ, असार २९ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा १८ वर्ष

सिरिजङ्घा गाउँपालिकाद्वारा पत्रकार पुर्कुटी सम्मानित

ताप्लेजुङ, असार २९ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले पत्रकार सन्तोष

श्रमदानबाटै समृद्धि सम्भव स् हर्क साम्पाङ

ताप्लेजुङ, असार २८ गते । श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्कराज

सिरिजङ्गा गाउँपालिकाद्वारा उत्कृष्ट कृषक, शिक्षक, कर्मचारीसहित ४८ जना सम्मानित

ताप्लेजुङ, असार २८ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाले आर्थिक वर्ष

सिदिङ्वा गाउँपालिका–२ सादेवाको सार्वजनिक सुनुवाइ आज 

ताप्लेजुङ, असार २७ गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले आज चालु