कांग्रेसको ‘आन्तरिक विशेष अभियान कार्यक्रम’ आजदेखि सुरु



ताप्लेजुङ । नेपाली कांग्रेसले ‘आन्तरिक विशेष अभियान कार्यक्रम’ तय गरि आजदेखि कार्यक्रम सुरु गरेको छ  । यो महिनाभर (साउन २०–३० गते) सम्मको कार्यक्रम तालिका समेत सार्वजनिक गरेर अभियान सुरु गरेको हो । 

कांग्रेस केन्द्रिय सदस्य सुजता परिकारसहितको सहभागितामा आज नेपाल विद्यार्थी संघ र पाथीभरा क्याम्पस इकाई समिति तथा नेपाल तरुण दल जिल्ला कार्य समितिको आयोजनामा एक कार्यक्रम मार्फत उक्त अभियान सुरु गरिएको छ । कर्यक्रममा बोल्दै केन्द्रिय सदस्य परियारले भनिन्,‘पार्टीलाई जिवित राख्न नेता कार्यकर्ताको समान भूमिका हुन्छ । पार्टीको काम बाहेक विकास, सुशासन र गुणस्तरीय सेवा प्रवाहमा केन्द्रित हुनुपर्छ ।’ 

अरु दलका नेता कार्यकर्ताले गाली गर्यो भन्दैमा प्रतिकारमा उत्रनुको सट्टा सुधारात्मक र सकारात्मक आलोचना वा टिप्पणी गर्नुपर्नेमा उनले जोड दिए । संविधानसभा सदस्य समेत रहेका परियारले थपिन्, ‘काग्रेसको इतिहास नै अरुलाई गाली गलौज होइन् । बरु गाली दिनेलाई ताली दिन्छ । काँध मिलाएर संवादमा ल्याउने र समस्या समाधान गर्ने पार्टी हो । नभुल्नुहोला ।’ 

कांग्रेस पार्टीभित्र हुने आन्तरिक छलफललाई विपक्षी र विरोधीले कलह भनेर हल्ला फिजाएको भन्दै उनले हल्लाको पछि लाग्न नहुने बताए । उनले भनिन्, ‘भर्खरै सकिएको कांग्रेस बैठकमा लाइभ दृश्य सबैले हेरे । किनकी लुकाउन पर्ने कुरा केही थिएन । लोकतान्त्रिक पार्टीभित्र आफ्ना कुरा कसरी राखिन्छ भन्ने नमूना पनि थियो । जुन अरु पार्टीमा त्यति सम्भव नहोला ।’ 

कांग्रेस जिल्ला सभापति गजेन्द्र तुम्याङ र सचिव युक हाङ् विर हाङ्गाम (डम्बर) द्धारा हस्ताक्षरित कार्यक्रम तालिकामा सबैलाई सहभागी हुन अनुरोध गरिएको छ । सभापति तुम्याङले भने, ‘शहरदेखि गाउँसम्म नेता कार्यकर्ता र शुभेच्छुकबिच भेटसँगै छलफल हुन्छ । यी बाहेक विकास, समृद्धि र सुशासनदेखि चौतर्फी विषयमा कुराकानी आदानप्रदान हुन्छ ।’ 

अभियानका क्रममा पार्टीको मात्र कुरा नभई देश र जनताको भाग्य र भविष्यसँग जोडिएको विषय छलफलमा समावेश गरिएको छ । जिल्लास्थित नेता र कार्यकर्ता अभियानप्रति खुसी देखिएका छन् । पार्टी नेता र कार्यकर्ताप्रति चित्त नबुझेको विषय चिया गफमा नभई कार्यक्रममै राख्न पाउने भएका छन् ।

प्रकाशित मिति : 6:51 am

आज वास्तु दिवस एवम् विश्वकर्मा पूजा

ताप्लेजुङ, असोज १ गते । आज विश्वकर्माको पूजा आराधना गरी

आज राष्ट्रिय शोक : राष्ट्रिय झन्डा आधा झुकाइने

ताप्लेजुङ, असोज १ गते । जेनजीबाट भएको प्रदर्शनका क्रममा ज्यान

सुकेटार विमान स्थलमा दुई महिनादेखि उडान ठप्प

ताप्लेजुङ, असोज १ गते । ताप्लेजुङको सुकेटार विमान स्थलमा करिब

ताप्लेजुङको पाथीभरामा झण्डै १० लाख भेटी सङ्कलन

ताप्लेजुङ, भदौ ३१ गते । प्रसिद्ध धार्मिक स्थल पाथीभरा मन्दिरमा

ताप्लेजुङमा चार पार्टी कार्यालय तोडफोड हुँदा ८३ लाख ७९ हजार बढीको क्षति

ताप्लेजुङ, भदौ ३१ गते । जेनजी आन्दोलनको समयमा ताप्लेजुङका विभिन्न