सांस्कृतिक कला विकास समूह नेपालद्धारा ३३ जना स्रष्टा सम्मानित



ताप्लेजुङ । सांस्कृतिक कला विकास समूह नेपालले ३३ जना स्रष्टालाई सम्मान गरेको छ । नेपाल पर्यटन बोर्ड भृकुटीमण्डपमा शनिबार आयोजना गरिएको कार्यक्रममा उनीहरूलाई सम्मान गरिएको हो । वरिष्ठ समाजसेवी भद्रकुमारी घलेको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा समाजमा विभिन्न क्षेत्रबाट टेवा पुर्याएका व्यक्तित्वलाई सम्मानका साथै विभूषण पनि गरिएको हो ।

विविध सांस्कृतिक एवं सम्मान समारोह २०७९ नाम दिइएको सो कार्यक्रममा सम्मानित हुनेहरूमा वरिष्ठ आयुर्वेद विशेषज्ञ तथा समाजसेवी मृगेन्द्र श्रेष्ठ, वरिष्ठ नृत्य निर्देशक अच्युत घिमिरे, गायिका बबिता मानन्धर, ब्यूटिसियन तथा महिला उद्यमी विद्या श्रेष्ठ, माओवादी नेता छबिन्द्रराज कँडेल, व्यवसायी चन्द्र काम्बाङ्ग, अम्बला हर्बल प्रालिका अध्यक्ष धनबहादुर लामा, संगीतकर्मी दुर्गा खतिवडा, जनमत पार्टीका नेता गोविन्द नेपाल, नृत्य निर्देशक कमल राई, इन्जिनियर तथा काठमाडौँ क्षेत्र नं। १ का प्रतिनिधि तथा उम्मेदवार हरेन्द्र चौधरी, बौद्ध दर्शन एवंं नेपाली आदिवासी जनजाति महासंघ रसुवाका अध्यक्ष ल्हाक्पा तामाङ, उद्योगपति तथा समाजसेवी लेखबहादुर श्रेष्ठ, ब्यूटिसियन, महिला उद्यमी तथा समाजसेवी लिना सुवेदी, वरिष्ठ महिला उद्यमी, तथा नेपाली कांग्रेस जिल्ला सदस्य मञ्जु खत्री रहेका छन्।

त्यस्तै सम्मानित हुनेमा औषधि विशेषज्ञ तथा समाजसेवी मनोज बस्नेत, कलाकार मोहन निरौला, व्यवसायी तथा समाजसेवी नारायणप्रसाद गौतम, राजनीतिज्ञ ओमप्रकाश शर्मा, जनमत पार्टीका प्रकाश सुवेदी, खबरपाटी डटकमका सम्पादक प्रेमबहादुर कार्की, महिला अभियानकर्ता रजनी मल्ली, गायक, संगीतकार तथा रचनाकार राजेश एकल, भुदेव नेट जाली उद्योग झापाका प्रबन्धक रामप्रसाद पोखरेल, महिला सशक्तिकरण अभियानकर्ता रिता अर्याल, थ्रीडी किताब निर्माण कम्पनी रुपक क्रियशन प्रालि बुद्ध शान्त पार्क निर्माण समिति तथा प्रेमध्वज प्रधान फाउण्डेशनका अध्यक्ष शान्तबहादुर शाक्य, उद्योगपति शेषनारायण श्रेष्ठ, माओवादी केन्द्र प्रदेश १ सदस्य श्रीप्रसाद राई, कांग्रेस नेतृ सिर्जना सिंह, वी लभ यू फाउन्डेसन रेकर्डिङ स्टुडियो ए लेभल रहेका छन्।

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार ०७:५२

केबलकार निर्माणको विषयमा काफ्ले पाटीमा झडप, शिलान्यास सम्पन्न

ताप्लेजुङ । प्रसिद्ध तीर्थस्थल पाथिभरामा केबलकार बनाउने विषयमा विवाद हुँदा

गैर सरकारी संस्था महासंघ ताप्लेजुङको अध्यक्षमा खड्गविक्रम सुबेदी

एलिना दियालीताप्लेजुङ । गैर सरकारी संस्था महासंघ ताप्लेजुङको अध्यक्षमा खड्गविक्रम

फुन्छिन्देन साम्याङ्वा महिला समुह मैवाखोलाद्धारा देउसी भैली कार्यक्रम सम्पन्न

रेडियो काबेलीताप्लेजुङ । फुन्छिन्देन साम्याङ्वा महिला समुह मैवाखोला गाउँपालिका वडा

नेपाल भाषा तथा साँस्कृतिक समाज ताप्लेजुङद्धारा नेपाल संवत् ११४५ को अवसरमा शुभकामना आदानप्रदान

रेडियो कोबेलीताप्लेजुङ । नेपाल भाषा तथा साँस्कृतिक समाज ताप्लेजुङद्धारा नेपाल

ताप्लेजुङको तेल्लोकका युवा भीरमा मृत भेटिए

ताप्लेजुङको तेल्लोकका युवा भीरमा मृत भेटिए ताप्लेजुङ। ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका