विश्वकप फुटबलको इतिहासस् जब अस्ट्रियाका खेलाडी जर्मनीको जर्सीमा उत्रिए



विश्वकप फुटबलको तेस्रो संस्करण जुन ४ देखि जुन १९ सम्म फ्रान्समा आयोजना गरिएको थियो। फिफाले सन् १९३६ मा फ्रान्सलाई विश्वकप आयोजना गर्ने मौका दिएको थियो। जर्मनीको बर्लिनमा भएको ओलम्पिक ताका विश्वकपलाई एक वर्ष युरोप र अर्को पटक अमेरिकामा आयोजना गर्ने निर्णय गरिएको भए पनि अर्जेन्टिना र उरुग्वेले प्रतियोगितामा सहभागी नभएपछि प्रतियोगिता आयोजनाको मौका फ्रान्सले पायो।

पहिलो विश्वकपमा जस्तै तेस्रो विश्वकप पनि नकआउटका आधारमा खेलाइयो। १६ टिम प्रतियोगिताको अन्तिम चरणमा छनोट भएका थिए। छनोट हुने राष्ट्रमा फ्रान्स, बेल्जियम, इटाली, ब्राजिल, पोल्याण्ड, चेकोस्लोभाकिया, नेदरल्याण्ड्स, जर्मनी, स्विट्जरल्याण्ड, हंगेरी, इण्डोनेसिया, नर्वे, स्विडेन, अस्ट्रिया, क्युबा र रोमानिया थिए।

विश्वकप आयोजनाको मौका पाएको फ्रान्सले यसअघिका आयोजकलले जस्तो उपाधि उचाल्न भने सकेन। यसअघि उरुग्वे सन् १९३० र इटालीले सन् १९३४ मा विश्वकप आयोजना गर्दै उपाधि समेत जितेका थिए। फ्रान्स उपाधि जित्न असफल भए पनि विश्वकप ट्रफी भने युरोपमै रह्यो।

फाइनलमा हंगेरीलाई ४–२ ले हराउँदै इटालीले विश्वकपको उपाधि जितेको थियो। प्रतियोगिताको टाइसिट ड्र भइसकेपछि अस्ट्रिया जर्मनीमा गाभियो। जर्मनीमा गाभिइसकेपछि अस्ट्रियाका खेलाडीहरु जर्मनीकै जर्सीमा मैदानमा ओर्लिए। अस्ट्रियाले अलग्गै रुपमा सहभागिता जनाएन।


अस्ट्रिया र स्विडेनबीच पहिलो चरणको खेल हुने तय भएको थियो। तर अस्ट्रिया जर्मनीमा गाभिएपछि स्विडेनले वाकओभर पायो। अस्ट्रियन टिमका ९ जना खेलाडी जर्मनको राष्ट्रिय टिमका लागि बोलाइएको थियो .

स्विटजरल्यान्ड विरुद्धको खेलमा विलिवाड स्चमउस र गोलकिपर रुडोल्फ राफ्टले खेल्ने मौका समेत पाए। यी दुई खेलाडीले फिफा विश्वकप २ फरक राष्ट्रको जर्सीबाट खेल्ने इतिहास बनाए। आयोजक फ्रान्स साविक विजेता इटालीसँग पराजित हुँदै प्रतियोगिताको क्वार्टरफाइनलबाट बाहिरियो।

इटालीसहित हंगेरी, ब्राजिल र स्विडेनले प्रतियोगिताको अन्तिम चारमा स्थान बनाए। प्रतियोगिताको पहिलो सेमिफाइनलमा हंगेरीले स्विडेनलाई ५–१ को फराकिलो अन्तरले हरायो। अर्को सेमिफाइनलमा ब्राजिल इटालीसँग २–१ ले पराजित भयो।

हंगेरी र इटालीबीच पेरिसको ओलम्पिक डि कोलम्बसमा भएको फाइनल खेल हेर्न सर्वाधिक ६० हजार दर्शक रंगशाला आएका थिए।

फाइनल खेलमा गिनो कोलाउसिले र सिल्भियो पियोलाले २–२ गोल गरेपछि हंगेरीलाई ४–२ ले पराजित गर्दै इटाली दोस्रोपटक विश्वकप उपाधि उचाल्न सफल भयो।

ब्राजिलियन खेलाडी लियोनीडास डा सिल्भाले प्रतियोगितामा सर्वाधिक ७ गोल गर्दै उत्कृष्ट गोलकर्ताको पुरस्कार जिते। स्पेन गृह युद्धमा भासिएका कारण विश्वकपमा सहभागी हुन पाएन, अघिल्ला दुई विश्वकप खेलेर पनि यसपटक विश्वकप नखेल्ने स्पेन पहिलो राष्ट्र थियो।

डच इस्ट इन्डिजको नाममा प्रतियोगितामा छनोट भएको थियो, इन्डोनेसिया। इन्डोनेसिया विश्वकप खेल्ने पहिलो एशियाली टिम बन्न पुग्यो। तर पहिलो खेलमै बलियो प्रतिद्वन्द्वी हंगेरीसँग ६–० ले पराजित भएपछि इन्डोनेसियाको विश्वकप सहभागिता सहभागितामै सीमित हुन पुग्यो।

विश्वकपमा सहभागी भएपछि क्युवाले विश्वकप खेल्ने पहिलो क्यारेवियन राष्ट्रको रुपमा बेग्लै इतिहास बनायो। प्रतियोगितमा १८ खेलहरु भए जसमा ८४ गोल भयो। ४ लाख ८३ हजार दर्शकले यो प्रतियोगितालाई प्रत्यक्ष हेरेका थिए।

प्रकाशित मिति : 4:52 am

रेडियो काबेलीका स्टेसन मेनेजर लङ्वालाई टीकाराम गौतम स्मृति पत्रकारिता पुरस्कार प्रदान

सौगात बिष्टताप्लेजुङ, बैशाख ९ गते । रेडियो काबेलीका स्टेसन मेनेजर

प्रसिद्ध तीर्थस्थल पाथीभरामा पुनः हिमपात

ताप्लेजुङ, चैत २६ गते । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा

रिफाइन गरियो पाथीभरामा दर्शनार्थीले चढाएको सुनचाँदी

ताप्लेजुङ, चैत २६ गते । पाथीभरामा दर्शनार्थीले चढाएको सुनचाँदी प्रशोधन

ताप्लेजुङको आठराई त्रिवेणीमा साताको एक दिन मात्र बिदा

ताप्लेजुङ, चैत २६ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले सातामा

ताप्लेजुङमा कोशी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगितामा सुरु

ताप्लेजुङ, चैत २६ गते । ताप्लेजुङमा कोशी प्रदेश स्तरीय छैटौँ