४३ अङ्कले बढेको शेयर बजारमा हरियाली, डेढ अर्ब रुपैयाँको कारोबार



काठमाण्डौ । हप्ताको पहिलो दिन शेयर बजार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार ४३ दशमलव २० अङ्कले बढेर एक हजार नौ सय ६५ दशमलव ३६ विन्दुमा पुगेको छ ।

आज म्युचल फन्डबाहेक सबै समूहको शेयर बढेर बजार हरियो देखिएको छ । लघुवित्त, विकास बैंक र जलविद्युत् समूहको शेयर उच्च अङ्कले बढेको छ ।

बजार बढेसँगै कारोबार रकममा पनि सुधार आएको छ । दुई सय २८ वटा कम्पनीको ३९ लाख १३ हजार कित्ता शेयर एक अर्ब ५४ करोड ८० लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेस्डो लघुवित्त कम्पनीको १० करोड १४ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज मानुषी लघुवित्त, जाल्पा लघुवित्त, नेस्डो लघुवित्त र उपकार लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । नबिल इक्युटी फन्ड र आरबीबी म्युचल फन्डको शेयर झण्डै साढे २ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : 3:57 am

हुलाक कर्मचारीको क्षमता अभिवृद्धिका लागि तालिम

ताप्लेजुङ, माघ १६ गते । कर्मचारीहरूको क्षमता अभिवृद्धिका लागि जिल्ला

फक्ताङ्लुङद्वारा उच्च शिक्षा र प्राविधिकका विद्यार्थीलाई छात्रवृति

सौगात विष्टताप्लेजुङ, माघ १६ गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले पालिकाका

प्रथम लिङ्तेप गोल्डकपको उपाधि पाँचथरलाई

 ताप्लेजुङ, माघ १३ गते । प्रथम लिङ्तेप गोल्डकपको उपाधि कुम्मायक कुसायक

प्रथम लिङ्तेप गोल्डकप : उपाधिका लागि साथीभाइ र पाँचथर भिड्दै 

ताप्लेजुङ, माघ १३ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–४ लिङ्तेपमा जारी