घर घरमा सामाजिक सुरक्षा भत्ता वितरण गर्दै फत्ताङलुङ गाउँपालिका



ताप्लेजुङ । फत्ताङलुङ गाउँपालिकाले घर घरमा सामाजिक सुरक्ष भत्ता वितरण कार्यक्रम सञ्चानलमा ल्याएको छ । ज्येष्ठ र अशत्तलाई सहज होस भन्ने उद्देश्यले गाउँपालिकाले सबै वडाहरुमा घर घरमा सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रमा सञ्चालनमा ल्याएको गाउँपालिका अध्यक्ष राजन लिम्बु (मुक्ति)ले जानकारी दिए ।

निर्वाचित भए लगत्तै यो कार्यक्रम सञ्चालनमा ल्याउन खोजे पनि कागजी समस्याका कारण केहि समय ढिलो भएको अध्यक्ष लिम्बुले बताए । उनले भने,“ज्येष्ठ र अशत्तहरुको सहजतालाई मध्यनजर गर्दै हामी निर्वाचित हुने वित्तिकै यो कार्यक्रम सञ्चालन गर्ने योजनामा थियौँ । तर धैर जनाको दोहोरो ईन्ट्रि भएको, कति जनाको मृत्यु दर्ता ईन्ट्रि नै नभएको लगायत कागजी समस्याले गर्दा ढिलो भयो तरपनि हामीले निर्वाचनमा गरेका बाचालाई पुरा गर्दै गई रहेका छौँ ।”

यस अघि फत्ताङलुङ गाउँपालिकाको घुन्सा,गोला र याङबासीले दुई दिनको पैदल यात्रा गरेर र अन्य स्थानका बासिन्दाले पैदल यात्रा गरेर गाउँपालिकाको के्रन्द्र तापेथोकबाट सामाजिक सुरक्षा भत्ता लिदैँ आई रहेका थिए । भौगोलिक विकटताले गर्दा ज्येष्ठ र अपाङ्गता भएका नागरिकले असहजता खेप्नु पर्ने बाध्यता रहेको थियो । अब भने घर घरमा सामाजिक सुुरक्षा भत्ता वितरण हुँदा ज्येष्ठ र अपाङ्ग सबै नागरिकलाई सहजता भएको छ ।
गाउँपालिका अध्यक्ष लिम्बुले अध्यक्षले पाउने गाडि पनि स्थानिय बिरामी हुँदा प्रयोग गर्ने एम्बुलेन्सको रुपमा सञ्चालन गरि रहेका छन् भने आफुले पाउने तलव पनि गाउँपालिकाबासीको सेवामा नै खर्च गरि रहेका छन् ।

प्रकाशित मिति : 3:25 am

फक्ताङलुङमा हिमाली बस्तीमै पुगेर पशु स्वास्थ्य सेवा

ताप्लेजुङ, असोज २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले भौगोलिक रूपमा

रास्वपाले ताप्लेजुङमा एक्सन टिम गठन गर्‍यो

ताप्लेजुङ असोज २७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङले

कञ्चनजङ्घामा पर्यटकको चहलपहल बढ्यो

ताप्लेजुङ, असोज २७ गते । ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो

पभोग्य वस्तुमा कृत्रिम अभाव र मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

ताप्लेजुङ, असोज २६ गते । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले चाडपर्वलाई